https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काेहलपुर, मंसिर १३ गते ।

मंगलबारदेखि देशभर लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान औपचारिकरूपमा सुरू भइसकेको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अहिले चलिरहेको छ । सोही सन्दर्भमा मिसन टुडेले लैगिंक हिंसा न्यूनीरकणका लागि के गर्नुपर्ला ? भनेर विभिन्न व्यक्तिहरूलाई गरेको प्रश्नको सम्पादित अंश ।

‘अधिकारकर्मी भन्ने महिलाहरूले अरुको अधिकार नखोसुन्’

बसन्ती अधिकारी

सांसद, लुम्बिनी प्रदेश

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध १६ दिने अभियानको सर्वप्रथम सबै महिला तथा दिदीबहिनीहरूलाई शुभकामना । अहिले पनि महिलाले विभिन्न हिंसाहरू खेप्नु परेको छ । यसका लागि हामीले संसद्मा नीति निर्माण गरेका छौँ । महिला परिषद्समेत बनेको छ तर, त्यसको कार्यान्वायन भएको छैन् । अन्यायमा परेका महिलाहरूले न्याय पाउन् । कुनै पनि महिला तथा दिदीबहिनीहरूले लिंगका आधारमा हिंसा खेप्न नपरोस् । पीडित महिलाहरूको आवाज र उनीहरूका न्यायका लागि कानुन निर्माण भएका छन् । तर, कार्यान्वयन हुन सकेका छैन् । १६ दिने अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध अभियानले त्यस्ता समस्यामा परेका र पीडित महिलाहरूलाई न्याय पाउन् । अधिकारकर्मी भन्ने महिलाहरूले अरुको अधिकार नखोसुन् । हामीले प्रदेशमा बनाएका नीति निर्माण र कानुन व्यवहारमा लागू होस् । लैंगिक हिंसा कुनै व्यक्तिको लिंग, लैंगिक पहिचान, लैंगिक भूमिकाका आधारमा गरिने हरेक प्रकारका हिंसा हुन् । यो शारीरिक, मानसिक, यौनिक, आर्थिक वा सामाजिक रूपमा देखा पर्न सक्छ । सामान्यतया महिलाहरू, बालिका, समुदाय र सामाजिकरूपमा कमजोर समूह बढी प्रभावित हुन्छन् । यसतर्फ सचेतना फैलाउनका साथै नकारात्मक सोच परिवर्तन गर्न आवश्यक छ ।

‘लैंगिक हिंसा कसैले भोग्न नपरोस्’

संगिता सुवेदी

उपप्रमुख, कोहलपुर न.पा.

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध १६ दिने अभियान मात्र नभइ यो समाज रुपान्तरणको एक महत्वपूर्ण अभियान हो । नेपाली पुरुष प्रदान समाजमा अहिले पनि महिलाहरूले विभिन्न हिंसा व्यहोर्नु परेको छ । अहिले पछिल्लो समय प्रविधिको विकाससँगै यसको दुरुपयोगले विभिन्न हिंसाहरू बढिरहेका छन् । महिला हिंसा पुरानो, तर अझै पनि अन्त्य हुन नसकेको समस्या हो । घरेलु हिंसा, यौन हिंसा, सामाजिक तथा आर्थिक शोषणमा महिलाहरू पर्ने गर्छन् । पुरुषभन्दा महिला यसबाट धेरै पीडित छन् । घरको इज्जत र नामको नाममा हिंसालाई लुकाएर राख्ने खराब बानीले ठूलो समस्या गरेको छ । १६ दिने अभियानले यस्ता हिंसाहरू भोग्न नपरोस् भनेर सबै जाग्न आवश्यक छ । हिंसामा महिला मात्र नभइ पुरुषहरू पनि पर्ने गरेका छन् । यस विषयमा हामी सबैलाई परिवार, विद्यालय, समाज, सरकार र समुदाय, आफ्नोआफ्नो स्थानबाट उत्तरदायी बन्न सिकाउँछ । जब पुरुष र महिला दुवै मिलेर लैंगिक समानताको पक्षमा उभिन्छन्, तबमात्र हिंसामुक्त समाज सम्भव हुन्छ । महिला हिंसा रोक्ने कुरा चर्को नाराभन्दा पनि दैनिक संवेदनशीलता हो । छोरीलाई छोराजत्तिकै मूल्य दिनु, पीडितलाई दोष नलगाउनु, गलत व्यवहार देख्दा मौन नबस्नु र हरेक महिलाको आवाजलाई आदरपूर्वक सुन्नु । यदि हरेक व्यक्तिले आफ्नो सोच र व्यवहारमा सानो–सानो सुधार ग¥यो भने प्रत्येक महिला सुरक्षित, सम्मानित र स्वतन्त्र भएर बाँच्न सक्ने वातावरण निर्माण अवश्य हुनेछ ।

‘कमजोर न्याय प्रणालीको परिणाम हो’

झरना विश्वकर्मा

मदनचोक, कोहलपुर

लैंगिक हिंसा केवल व्यक्तिगत व्यवहारको समस्या होइन । यो सामाजिक असमानता, गलत मूल्य, पितृसत्तात्मक संरचना र कमजोर न्याय प्रणालीको परिणाम हो । यसको समाधानका लागि सचेतना, शिक्षा, समान अवसर, कडा कानुनी कार्यान्वयन, पीडितलाई सुरक्षित वातावरण सबै पक्षले एकसाथ काम गर्न आवश्यक छ । लैंगिक हिंसा अहिलेको समाजमा एक गम्भीर र व्यापक समस्या बन्दै गएको छ ।कुनै व्यक्तिको  लिंग, लैंगिक पहिचान वा यौनिकताका आधारमा गरिने शारीरिक, मानसिक, यौनिक वा आर्थिक क्षतिलाई लैंगिक हिंसा भनिन्छ । यस्तो हिंसा केवल व्यक्तिगत वैमनस्यताका कारण मात्र हुँदैन । यसका गहिरा सामाजिक, आर्थिक र सांस्कृतिक कारणहरू हुन्छन् । पहिलो प्रमुख कारण पितृसत्तात्मक सोँच हो । पुरुषलाई शक्तिशाली र महिलालाई कमजोर, आज्ञाकारी मान्ने दृष्टिकोणले समाजमा शक्ति असन्तुलन पैदा गर्छ । ‘पुरुष बलवान र आक्रामक, महिला नम्र र मौन’ भन्ने सामाजिक अपेक्षाले दुवैलाई निश्चित चौकटीमा कैद गरेको देखिन्छ । कानुनी प्रणालीको प्रभावकारी कार्यान्वयन नहुनु पनि महत्वपूर्ण कारण हो । धेरैजसो पीडितले उजुरी दिन डराउँछन्, अनुसन्धानमा ढिलाइ हुन्छ र अपराधीलाई सजाय नगर्ने प्रवृत्तिले अपराधका घटनाहरू बढाउँछ । यसबाहेक सामाजिक कलंक, परिवार वा समाजको दबाब, मदिरा तथा नशाको दुरुपयोग, डिजिटल माध्यमको गलत प्रयोग जस्ता कारणहरूले पनि लैंगिक हिंसा भड्काउँछन् । पीडितले बोलेपछि उल्टै दोषारोप हुने डरले धेरैजसो घटना लुकाइन्छन्, जसले अपराधीलाई अझ ढाडस दिन्छ । यसलाई समाप्त गर्न शिक्षा, समान अवसर, कडा कानुनी कार्यान्वयन, सामाजिक सचेतना र पीडितप्रति संवेदनशीलतासहित सबैले साझा प्रयास गर्न आवश्यक छ ।

‘लैंगिक हिंसा गम्भीर सामाजिक समस्या हो’

सिर्जना थारू

अध्यक्ष, किशोरी क्लब सञ्जाल, कोहलपुर

१६ दिने लैंगिक हिंसाविरुद्धको अभियानले हामीलाई फेरि एक पटक सम्झाउँछ—नेपालमा लैंगिक हिंसा अझै गम्भीर सामाजिक समस्या बनेको छ । देशभर महिला, किशोरी, बालिका मात्र होइन, पुरुष र लैंगिक अल्पसंख्यकसमेत विभिन्न प्रकारका हिंसाका शिकार हुनुपरेको तथ्यले हाम्रो समाज अझै सुरक्षित र समानतामूलक बन्न बाँकी छ भन्ने प्रमाण दिन्छ । कोहलपुर क्षेत्रमा पनि घरेलु हिंसा, बालविवाह, मानसिक हिंसा, अनलाइन दुव्र्यवहार, कार्यस्थलमा हुने भेदभाव जस्ता समस्याहरू निरन्तर देखिन्छन् । धेरै हिंसा उजुरी नै नहुने, लुकिने वा डरका कारण जानकारी नदिइने चुनौती झन् ठूलो छ । यस अभियानलाई सफल बनाउन हामीले केही महत्वपूर्ण कदमहरू लिनैपर्छ । विद्यालय, किशोरी–क्लब, युवा–क्लबमार्फत सचेतना कार्यक्रम विस्तार गर्नु, हिंसाका शिकारलाई गोप्य, सुरक्षित र दु्रत सेवा उपलब्ध गराउने व्यवस्था बलियो बनाउनु, समुदाय, धार्मिक अगुवा, शिक्षक, अभिभावक सबैलाई हिंसाविरुद्धको सामूहिक आवाज बनाउन प्रेरित गर्नु, सामाजिक सञ्जाल, रेडियो, सडकनाटक, पोस्टरमार्फत जनस्तरमा खुला छलफल र अभियान चलाउन आवश्य छ । कोहलपुर नगरसँग सहकार्य गर्दै हिंसा रोकथामसम्बन्धी नीति र योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गर्न जरुरी देखिन्छ । हाम्रो सानो प्रयासले पनि ठूलो परिवर्तन गर्न सक्छ । हिंसा कुनै पनि रूपमा स्वीकार्य छैन् । अब हामी सबै मिलेर सुरक्षित, सम्मानित र समानतामूलक समाज निर्माणतर्फ अघि बढ्नु जरूरी छ ।

‘लैंगिक हिंसाविरुद्ध सबैले आवाज उठाऔँ’

धना केसी, सञ्चारकर्मी

समुदायमा बालविवाह, घरेलु हिंसा, साइबर अपराध, मानव बेचबिखान जस्ता समस्याहरू अझै पनि गम्भीररूपमा बढिरहेका छन् । यस्ता अपराधहरू केवल व्यक्तिगतस्तरका समस्या होइनन्, पूरा समाजको विकास र सुरक्षित भविष्यसँग सम्बन्धित चुनौतीहरू हुन् । त्यसैले, केवल कानुन बनाउनु मात्र पर्याप्त हुँदैन, कानुनको कडाइका साथ पूर्णकार्यान्वयन अनिवार्य हुन्छ । लैंगिक हिंसा कुनै एउटा व्यक्तिमाथि भएको अन्याय मात्र होइन, यो हाम्रो समाजमा रहेको गलत सोच, असमानता र विकृत मानसिकताबाट जन्मिएको समस्या हो । जबसम्म सोच परिवर्तन हुँदैन, कानुनी प्रक्रिया र दण्ड दिएर मात्र हिंसा अन्त्य हुँदैन । यसका लागि शिक्षा, परिवार, विद्यालय, समुदाय र राज्य सबैले समान जिम्मेवारीसहित अघि बढ्नुपर्छ । बालबालिकामा समानता, सम्मान र सहानुभूति सिकाउने संस्कार जन्माउन सकेमात्र भविष्य सुरक्षित हुन्छ । १६ दिने लैंगिक हिंसाविरुद्धको अभियानले पीडितको आवाज उठाउन, मुद्दालाई सार्वजनिक बनाउन र समाजलाई जागरूक बनाउन ठूलो भूमिका खेलेको छ । तर यो अभियान १६ दिनमै सीमित हुनु हुँदैन । लैङ्गिक हिंसा रोकथाम कुनै संघ–संस्थाको मात्र कर्तव्य होइन, हामी सबैको सामूहिक जिम्मेवारी हो । जबसम्म समाजका हरेक व्यक्ति सचेत र जिम्मेवार बन्दैनन्, तबसम्म हिंसा अन्त्य हुन कठिन छ । त्यसैले आवाज उठाऔँ, परिवर्तनको पक्षमा उभिऔँ, र हिंसामुक्त समाज बनाउन आफ्नो भूमिकालाई वर्षभर निरन्तरता दिऔँ ।

‘तीनै तहको सरकार गम्भीर बन्नुपर्छ’

सुनीता हरिजन

अध्यक्ष, किशोरी अधिकार मञ्च, रुपन्देही

अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको १६ दिने अभियान १६ दिनमात्र होइन् ३६५ दिननै मनउन आवश्यक छ । हाम्रो समाज अहिले पनि महिला, किशोरी तथा बालबालिका लगायतका विभिन्न नाममा हिंसाहरू भइरहेका छन् । यौन दुव्र्यवाहार, बलात्कार, मानव बेचबिखन, महिला हिंसा अहिले पनि भोगिरहनु परेको छ । त्यसैले यो मेरो सवाल मात्रै होइन् सबै किशोरीहरूको हो । यस्ता समाजमा हुने हिंसाविरुद्ध सबै एकजुट भएर अन्त्य गर्न आवश्यक छ । यसतर्फ तीनै तहका सरकारको पनि खासै ध्यान गएको पाइँदैन । १६ दिन मात्रै सञ्चालन गरेर यसको अन्त्य हुन सक्दैन् । ‘म हिंसा सहँदैन र गर्दिन यदि भए प्रतिकार गर्छु’ भनेर सबैले प्रतिबद्धता जनाउन आवश्यक छ । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्ध १६ दिने अभियान केवल एक वार्षिक कार्यक्रम मात्र होइन् । यो समाजले महिलालाई कस्तो व्यवहार गर्दछ भन्ने प्रश्नसँग जोडिएको गहिरो आत्मचिन्तन हो । महिला हिंसा संसारकै पुरानो, तर अझै पनि अन्त्य नहुने समस्या हो । कहिले घरेलु हिंसा, कहिले यौन हिंसा, त कहिले सामाजिक तथा आर्थिक शोषणका रूपमा । यस्तो हिंसालाई सामान्य ठान्ने संस्कार नै यसको सबैभन्दा ठूलो आधार हो । हिंसा रोकथामको काम केवल कानुन बनाउने वा कार्यक्रम गर्ने मात्र होइन । हाम्रो व्यवहार, बोली, दृष्टिकोण र दैनिक क्रियाकलापमा आएको परिवर्तनबाट सुरु हुन्छ ।सभार : मिसनटुडे

प्रतिक्रिया

सम्बन्धित समाचार