https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

लहान, मंसिर १३ गते ।

आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गर्दा जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा क्षेत्र नं–१ ले लहानस्थित कुशवाहा धर्मशालामा विशेष बैठक आयोजना गर्दै संगठन मजबुती र निर्वाचन तयारी तीव्र पार्ने निर्णय गरेको छ।

मंसिर १३ गते बसेको बैठकमा पार्टीको संरचना विस्तार, मतदाता केन्द्रित कार्यक्रम सञ्चालन तथा वडा–वडामा संगठन सक्रियता बढाउने विषयमा विस्तृत छलफल भएको थियो। बैठकले निर्वाचन तयारीलाई संगठित ढंगले अघि बढाउन एकीकृत कार्ययोजना लागू गर्ने निष्कर्ष निकालेको छ।

कार्यक्रमका प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा प्रदेश सभा सदस्य राजु गुप्ता थिए। कार्यक्रममा प्रदेश सभा सदस्य ललिता विद्रो, केन्द्र सदस्य सत्य नारायण यादव, जिल्ला अध्यक्ष अशोक यादव, लहान नगर अध्यक्ष रामउदगार महतो, जिल्ला समन्वय समिति प्रमुख दिनेश कुमार महतो लगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरू सहभागी थिए।

बैठकले युवा, महिला र समुदाय केन्द्रित मतदाता समूहलाई प्रभावकारी रूपमा पार्टीसँग जोड्ने रणनीति बनाएको छ। साथै, घर–घर अभियानमार्फत जसपाको विचार–धारा, सामाजिक न्याय, समानता र समावेशी लोकतन्त्रका सन्देश जनस्तरसम्म पुर्‍याउने निर्णय पनि गरिएको छ।

नेताहरूले जसपालाई आगामी निर्वाचनमा विश्वसनीय राजनीतिक विकल्पका रूपमा स्थापित गर्न सबै तहबाट सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बैठकले पार्टीलाई जनमुखी, सशक्त र संगठनात्मक रूपमा सक्षम बनाउँदै निर्वाचन तयारी अघि बढाउने निष्कर्ष निकालेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार