सिरहा, मंसिर १३ गते ।
उज्यालो नेपालका केन्द्रीय सदस्य ई. तेजनारायण यादवको अध्यक्षतामा सिरहामा बसेको संगठनात्मक बैठकले उज्यालो नेपाल सिरहा नगर समितिको नयाँ कार्यसमिती घोषणा गरेको छ। संगठन विस्तार तथा स्थानीय नेतृत्वलाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको उक्त बैठकमा सर्वसम्मत निर्णयमार्फत श्रवण पासवानलाई नगर संयोजक, सुमन कामतीलाई सह–संयोजक तथा सुजित कुमार मण्डललाई सचिव पदमा चयन गरिएको हो ।

बैठकमा हालसम्म नगर समितिले अगाडि सारेका गतिविधिको समीक्षा गर्दै आगामी दिनमा संगठनलाई जनस्तरमा अझ प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने रणनीतिबारे पनि विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले स्थानीय तहमा सदस्य विस्तार, जनसम्पर्क अभिवृद्धि र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्न समितिलाई जिम्मेवारीका साथ अघि बढ्न सुझाव तथा निर्देशन दिएका थिए।
कार्यसमिती चयनसँगै उज्यालो नेपालले सिरहा क्षेत्रमा आफ्नो संगठनात्मक उपस्थिति थप मजबुत हुने, स्थानीय युवाहरूमाझ संगठनका कार्यक्रमहरू प्रभावकारी रूपमा पुर्याउन सहज हुने र नगरस्तरीय योजना तथा अभियानलाई निरन्तरता मिल्ने विश्वास व्यक्त गरिएको छ।
नयाँ पदाधिकारीहरूले संगठनले निर्क्यौल गरेको नीतिनियमअनुसार पारदर्शी, उत्तरदायी र जनमुखी कार्यक्रममार्फत सिरहाको विकासमा सहयोग पुग्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

