गाैशाला, मंसिर १३ गते ।
मधेश आन्दोलनका प्रणेता तथा जसपा नेपालका केन्द्रीय अध्यक्ष समाजवादी नेता उपेन्द्र यादवको परिकल्पनामा स्थापित दलित, पिछडावर्ग, ओबीसी, आदिवासी–जनजाति, थारु तथा अल्पसंख्यक (DOTIM) परिसंघको जिल्ला भेला मधेश प्रदेशको राजधानी जनकपुरधाममा सम्पन्न भएको छ ।
शोषित, पीडित तथा पछाडि पारिएका दलित, पिछडावर्ग, ओबीसी, आदिवासी–जनजाति, थारु र अन्य अल्पसंख्यक समुदायहरूलाई समान अधिकार, पहिचान, समान अवसर र सामाजिक न्याय दिलाउने उद्देश्यसहित परिसंघ गठन गरिएको जसपा नेपालका केन्द्रीय अध्यक्ष समाजवादी नेता उपेन्द्र यादवले जानकारी दिएका छन् ।
जनकपुरधाममा सम्पन्न सो कार्यक्रम केन्द्रीय अध्यक्ष यादवको प्रमुख आतिथ्य तथा डोटिम परिसंघका केन्द्रीय अध्यक्ष चन्देश्वर पासवानको अध्यक्षतामा सम्पन्न भयो। जिल्ला भेलामा उल्लेखनीय संख्यामा सहभागीहरूको उपस्थिति रहेको आयोजकहरूले जनाएका छन् ।
जिल्ला भेला सम्पन्नपछि जसपा नेपालका पूर्व जिल्ला उपाध्यक्ष रामशंकर पासमानको संयोजकत्वमा धनुषा जिल्ला DOTIM परिसंघ गठन गरिएको पनि सार्वजनिक गरिएको छ ।

