नरेन्द्र महताे
गाैशाला, मंसिर १४ गते ।
नेपाल औषधि व्यवसायी संघले चलाइरहेकाे आन्दोलनकाे पूर्व–घोषित कार्यक्रमअनुसार महोत्तरीकाे गौशाला क्षेत्रमा रहेका सबै औषधि पसल एक घण्टाका लागि आज बन्द गरिएका छन् ।
व्यवसायी संघका अनुसार सरकारलाई पटक–पटक लिखित तथा मौखिक रूपमा समस्या जानकारी गराए पनि उचित सुनुवाइ नहुँदा बाध्य भएर देशभरकाे औषधि पसल एक घण्टाका लागि शटडाउन गरिएको हो ।
संघका महाेत्तरी सचिव प्रशान्त गुप्ताले औषधि ऐन २०३५ काे दफा ११ का उपदफा (३) र (५) संशाेधन गर्नुपर्ने माग दोहोर्याउँदै माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम थप कडा हुँदै जाने चेतावनी दिए ।
उनकाे भनाइमा, “रिन्यूअलमा केही दिन ढिलाइ भएको आधारमा लाईसेन्स नै रद्द गर्नु अनुचित हो। साहु (व्यवसायी) रहेसम्म कसैकाे पनि लाईसेन्स रद्द गर्नु हुँदैन।”
देशमा बढ्दो आर्थिक संकट र बेरोजगारीका बीच व्यवसाय सञ्चालन नै कठिन बन्दै गएको भन्दै व्यवसायीहरूले सरकारसँग तत्काल सहजीकरण गर्न आग्रह गरेका छन्।

