गाैशाला, मंसिर १५ गते ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमारी यादव देशभरकै उत्कृष्ट प्रहरी घोषित भएकी छन्। लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत कर्मचारीहरूको मूल्यांकन गर्दा यादवलाई ‘उत्कृष्ट’ छनोट गरिएको हो।

उत्कृष्टताको आधारमा असई यादवलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नगद रु ४० हजार तथा प्रशंसा–पत्र प्रदान गरेका छन्।
उहाँको सक्रियता, पीडितमैत्री सेवा, अभियन्ता–भूमिका र समुदायसँगको समन्वयलाई विशेषरूपमा उच्च मूल्यांकन गरिएको बताइएको छ।


