गाैशाला, मंसिर १५ गते ।
जेन्जी आन्दोलनका क्रममा भएको आगलागि र तोडफोडबाट क्षतिग्रस्त मटिहानी नगरपालिका–३ को वडा कार्यालय भवन मर्मत–सम्भारपछि आजदेखि पुनः सेवा सुचारु गरिएको छ।
एक समारोहका बीच मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र वडा अध्यक्ष नाजिर मियाले संयुक्त रूपमा पुनः सञ्चालनको उद्घाटन गर्दै सेवा पुनर्स्थापना घोषणा गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा वडा सचिव रामनाथ मण्डल, स्थानीय ज्याबुल हक, सुरेन्द्र यादव, कारी यादव लगायत स्थानीयवासीको उपस्थिति थियो।
जेन्जी आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका कारण वडा कार्यालय भवनसँगै कार्यालय सामग्री, फर्निचर र कागजातहरू समेत जलेर नष्ट भएका थिए। मर्मतपछि अब सो कार्यालयले नियमित सेवा पुनः प्रदान गर्न थालिएको छ।

