https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


काठमाडौँ, मंसिर १६ गते ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मतको तयारीमा लागेपछि प्रदेशसभा बैठक बुधबार बिहान ८:३० बजेका लागि तय गरिएको छ। उपसभामुख बबिता राउत ईश्वरले सर्वदलीय सहमतिअनुसार बैठक डाकेको जानकारी दिएकी छन् ।

सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेपछि मुख्यमन्त्री यादवले मंगलबारे प्रदेशसभामा प्रक्रिया मिलाइदिन अनुरोध गर्दै पत्र पठाएका थिए। उनले मूलतः दिउँसो २ बजे बैठक बोलाइदिन आग्रह गरेका थिए, तर मंगलबार साँझ बसेको सर्वदलीय छलफलमा बैठक बिहानै गर्ने निर्णय भएको हो ।

प्रदेशसभामा कूल १०७ सदस्य छन् र विश्वासको मतका लागि ५४ मत आवश्यक पर्छ। तर हाल मुख्यमन्त्री यादवसँग समर्थनमा जम्मा २६ सदस्य मात्रै छन्, जसले बुधबारको बैठकलाई राजनीतिक रूपमा अझै चुनौतीपूर्ण बनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार