गाैशाला, मंसिर १७ गते ।
नेपालमा गरिब मजदुर वर्गले भोगिरहेको समस्या दिनानुदिन बढदैँ गई रहेको देखिन्छ । जीवनस्तर उकास्ने आवश्यक कदम नचालिँदा सामान्य मजदुरको दैनिकी अझ कठिन बन्दै गएको श्रमविशेषज्ञहरूको भनाइ छ । उनका अनुसार सरकारका नीति–कार्यक्रम उद्योग र व्यापारिक क्षेत्रतर्फ बढी केन्द्रित भए पनि गरिब मजदुर र बालश्रमजस्ता संवेदनशील विषयलाई प्राथमिकतामा राखिएको देखिँदैन ।
यसैबीच बालश्रममा संलग्न बालबालिकाको संख्या पनि पछिल्लो समय निकै बढेको विभिन्न अध्ययनले देखाएका छन्। गरिब परिवारका बालबालिकाहरू शिक्षादेखि आधारभूत जीवनयापनका हकबाट वञ्चित हुँदै श्रममा लाग्न बाध्य भएका छन्, जसले उनीहरूको भविष्य अन्धकार फर्काउने चिन्ता बढेको छ।
सामाजिक कार्यकर्ताहरूले सरकारसँग तात्कालिक नीति निर्माण र प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै आएका छन्। तर, अपेक्षित पहल नदेखिनु र मौजूदा योजनाहरू कागजी मात्रै भइरहनुले समस्या थप गम्भीर बन्दै गएको उनीहरूको आरोप छ।
उचित कामको समय, न्यूनतम तलब, स्वास्थ्य सुरक्षा तथा सामाजिक सुरक्षाजस्ता महत्वपूर्ण विषयमा राज्यले ठोस व्यवस्था नगर्दा गरिब मजदुर अझै जोखिमपूर्ण अवस्थामै काम गर्न बाध्य छन्। बालश्रममा रहेका बालबालिकाले शोषण र हिंसामा पर्ने जोखिम झन् बढ्दै गएको छ।
विशेषज्ञहरू चेतावनी दिन्छन्— यदि सरकारले तत्काल ध्यान नदिए बालश्रमको समस्या जटिल रूप लिँदै समाजमा दीर्घकालीन नकारात्मक असर पर्न सक्छ।

