https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, मंसिर १७ गते ।
३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर महोत्तरी गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूकाे सम्मान तथा सामग्री सहयोग हस्तान्तरण गरेको छ। “अपाङ्गता समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन” भन्ने मूल नारासहितको कार्यक्रम रातौली युवा क्लब महोत्तरीको सहकार्य र महोत्तरी गाउँपालिकाको आयोजनामा गरिएको हो।

कार्यक्रममा विशेषगरी पूर्ण अशक्त अपाङ्गता तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरूलाई दैनिक जीवनयापन सहज बनाउन सहयोग सामग्रीहरू वितरण गरियो। यसले अपाङ्गता भएका व्यक्तिहरूको आत्मसम्मान, अधिकार सुनिश्चितता र समावेशी समाज निर्माण तर्फ स्थानीय सरकारको महत्वपूर्ण प्रतिबद्धता झल्काएको आयोजनकर्ताहरूले बताएका छन्।

स्थानीय जनप्रतिनिधि, सामाजिक संघ–संस्था, लाभग्राही तथा समुदायका सहभागीको उपस्थितिमा सम्पन्न कार्यक्रममा अपाङ्गता मुद्दाप्रति संवेदनशील नीति तथा कार्यक्रम विस्तार गर्न निरन्तर पहल गरिने प्रतिबद्धता जनाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार