https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गाैशाला, मंसिर १७ गते ।
३४ औँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा महाेत्तरी जिल्लाकाे मटिहानी नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरेको छ ।

नगरपालिकाको कार्यालय धिरापुरमा आयोजित कार्यक्रममा नगर प्रमुख हरि प्रसाद मण्डलले सेवाग्राही अपाङ्ग व्यक्तिहरूलाई ह्वीलचेयर हस्तान्तरण गर्दै स्थानीय सरकार अपाङ्गमैत्री सेवा र सुविधामा अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा उप–प्रमुख मञ्जु देवी साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख दीपा दासले समेत ह्वीलचेयर वितरणमा सहकार्य गरेका थिए ।

सो अवसरमा वडा अध्यक्षहरू कलीम अंसारी, नजामुद्दीन अंसारी, मधु महतो, तथा स्वास्थ्य संयोजक पवन कुमार मण्डलले अपाङ्ग दिवसको महत्त्व, अधिकार र समावेशी समाज निर्माणबारे आफ्ना विचार व्यक्त गरेका थिए ।

कार्यक्रममार्फत करीब २० जना अपाङ्ग व्यक्तिहरूलाई ह्वीलचेयर वितरण गरिएको नगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार