https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर १९ गते ।

मधेश प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले संविधानको धारा १६८(२) बमोजिम यादवलाई आज मुख्यमन्त्री नियुक्त गरे।

सात दलीय गठबन्धनको समर्थनसहित यादव सत्तारोहण भएका हुन्। नेपाली कांग्रेस, जसपा, नेपाल समाजवादी, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा र नेकपा एकीकृत समाजवादी गरी सात दलका ७७ जना सांसदको समर्थन उनीसँग रहेको छ।

यसअघि संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा नेकपा एमालेका नेता सरोज कुमार यादव मुख्यमन्त्री बनेका थिए। तर, गत मंसिर १७ गते उनले राजीनामा दिएपछि प्रदेश प्रमुखले धारा १६८(२) अन्तर्गत नयाँ बहुमतको दाबी पेश गर्न आह्वान गरेका थिए।

गत कार्तिक २३ गते राति एमालेका यादव मुख्यमन्त्री नियुक्त भएपछि सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो। पेश भएका तीनवटा रिटमध्ये सर्वोच्च अदालतले मंसिर १५ गते आदेश जारी गर्दै तत्कालीन सरकारलाई २४ घण्टाभित्र विश्वासको मत लिन निर्देशन दिएको थियो। विश्वासको मत लिन नसकेपछि संविधानअनुसार नयाँ सरकार गठनको मार्ग खुलेको थियो।

नयाँ सत्ता समीकरण बनेसँगै मधेश प्रदेशको नेतृत्व अब कांग्रेसका कृष्णप्रसाद यादवले सम्हाल्ने भएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार