https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर १९ गते ।

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज महोत्तरीको जिल्ला प्रशासन कार्यालय जलेश्वरमा धर्ना कार्यक्रम सम्पन्न गरेको छ। पार्टीले पूर्वघोषित कार्यक्रमअनुसार दिउँसो कार्यालय परिसर अगाडि विरोध प्रदर्शन तथा धर्ना दिएको हो।

धर्नाका दौरान जसपाका नेता तथा कार्यकर्ताहरूले मधेश आन्दोलनका माग पूरा गर २२ र ८ बुन्दे सहमति कार्यान्वयन गर, जेनजी आन्दोलनका मुद्दा सम्बोधन गर, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति लागू गर, पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गरजस्ता नारासहित प्रदर्शन गरेका थिए।

जसपा महोत्तरीका अध्यक्ष राम नरेश यादवको नेतृत्वमा नगरका विभिन्न स्थानको परिक्रमा गर्दै कार्यकर्ताहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए। कार्यक्रममा पार्टीका केन्द्रीय पदाधिकारी, जिल्ला नेतृत्व, सदस्य तथा स्थानीय कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जसपा नेपालले आज देशभरका जिल्ला प्रशासन कार्यालयहरूमा एकैसाथ धर्ना कार्यक्रम सञ्चालन गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार