जनकपुरधाम : मन छोने कथावस्तु लिएर बनेको सनवी भगतको नयाँ म्युजिक भिडियो ‘धोखा याद रही’ आज सार्वजनिक भएको छ। “टूटल दिल के कहानी” ट्यागलाइनसहित प्रस्तुत यो गीतले प्रेममा प्राप्त धोका, पीडा र त्यसले छोड्ने मानसिक घाउलाई मुख्य विषयवस्तु बनाएको छ।
गीतमा रामशरण राज र शिल्पी राजको स्वर रहेको छ। शब्द उमलाल यादवले लेखेका हुन् भने गीतलाई संगीतकार गौरव रोशनले संगीतबद्ध गरेका छन्।
भिडियोलाई निखिल सन्तोष (SFP) ले निर्देशन गरेका हुन्। छायांकन तथा सम्पादन पनि उनकै जिम्मामा रहेको भिडियोमा अभिनय निर्देशन नबिन पटेलले सम्हालेका छन्। ड्रोन अपरेटर यादव सोनु, मेकअप कलाकार मधु चौधरी तथा निर्माता दासर्थ गुप्ता रहेका छन्। भिडियोको डिजिटल पार्टनर ग्लोबल म्युजिक जंक्सन रहेको जानकारी दिइएको छ।
म्युजिक भिडियोलाई दिपेन्द्र बेदर्दी, प्रियंका शाह र जानवीले फिचर गरेका छन्। पोस्टर डिजाइन युवराज निरालाले तयार गरेका हुन्।
गीत आज सार्वजनिक भएसँगै दर्शकहरूले यसलाई उत्सुकतापूर्वक हेर्ने अपेक्षा गरिएको छ।

