https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौं : राजधानीको मुटुमा रहेको टुकुचा खोलालाई स्वच्छ बनाउने उद्देश्यसहित डेढ करोड लिटर दैनिक क्षमता भएको आधुनिक प्रशोधन केन्द्र निर्माण भइरहेकाे छ। काठमाडौंको त्रिपुरेश्वरदेखि ललितपुरको कुपण्डोलसम्म फैलिएको २.५३ हेक्टर क्षेत्रफलमा प्रशोधन केन्द्रको संरचना बनाइँदै छ।

प्रशोधनपछि सफा पानी बागमती नदीमा मिसाइनेछ भने सहउत्पादनको रूपमा ८०० किलोवाट विद्युत उत्पादन गर्ने तयारी पनि परियोजनाले गरेको छ । त्रिपुरेश्वरतर्फ ढल प्रशोधन हुने मुख्य संरचना निर्माण हुँदैछ भने ललितपुरतर्फ विद्युत उत्पादनसम्बन्धी संरचना मात्र रहनेछन्। तर स्थानीयको अवरोधका कारण ललितपुरमा काम सुचारु हुन नसकेको आयोजना स्रोतले जनाएको छ।

आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति २० प्रतिशत पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङले शनिबार स्थलमै पुगेर निर्माणको अवस्थाबारे जानकारी लिएका छन्।
स्थलगत निरीक्षणका क्रममा मन्त्री घिसिङले काममा देखिएका समस्या, म्याद, समाधानका उपाय तथा नीति–निर्णयका पक्षमा सरोकारवालासँग विस्तृत चर्चा गरेका थिए।

रुख हटाउन दुई वर्ष समय लाग्नु र स्थानीय अवरोधका कारण निर्माणमा केही ढिलाइ भए पनि अब कामलाई गति दिन सकिने मन्त्री घिसिङले बताए। उनले सरकार बागमती र सहायक खोला–खोल्सालाई सफा बनाउने अभियानलाई उच्च प्राथमिकतामा राखेर अगाडि बढेको उल्लेख गरे।

एडीबीको बागमती नदी बेसिन सुदृढीकरण परियोजनाबाट प्राप्त सहुलियत ऋणमा सञ्चालित यस प्रशोधन केन्द्रको कुल लागत ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । जेष्ठ २०७९ मा ठेक्का सम्झौता भएको परियोजना मंसिर २०८३ भित्र सम्पन्न गर्ने लक्ष्यसहित अघि बढिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार