https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेश प्रदेशमा बनेको नयाँ सत्तासमिकरण अब अन्य प्रदेशमा पनि देखिन थाल्ने दाबी गरेका छन्।

शनिबार जनकपुरमा आयोजित नेकपा मधेश प्रदेशस्तरीय एकता सन्देशसभामा बोल्दै प्रचण्डले मधेशमा सरकार गठन प्रक्रियामा पुरानो राजनीतिक संयोजन भत्किएर नयाँ समीकरण बनेको बताए। उनका अनुसार यही परिवर्तन अब क्रमशः सबै प्रदेशमा फैलिन सक्छ।

प्रचण्डले गणतन्त्र आएपछि पनि जनजीवनमा देखिएको असन्तुष्टिले जेनजी आन्दोलन जन्मिएको उल्लेख गर्दै, उक्त आन्दोलनले राजनीतिक दलहरूलाई आत्मसमीक्षा र सुधारतर्फ अग्रसर गराएको बताए।उनका अनुसार वर्तमान एकता अभियानले देशलाई नयाँ रूपान्तरण र विकासको दिशातर्फ डोर्‍याउनेछ।

‘जनताको एकता नै प्रतिगमनविरोधी लडाइँको शक्ति हो,’ प्रचण्डले भने, ‘र यसको नेतृत्व नेकपाले नै गर्छ।’ एमालेभित्रका वामपन्थी, क्रान्तिकारी तथा अन्य कम्युनिस्ट समूहलाई पनि नेकपामा एकीकृत गर्दै लैजाने संकेत उनले दिए। मधेश प्रदेशका महत्वपूर्ण विकास योजना कम्युनिस्ट नेतृत्वको सरकारले सुरु गरेको उल्लेख गर्दै ती योजनालाई परिणाममा पुर्‍याउने जिम्मा पनि नेकपाको नै हुने बताए।

कार्यक्रममा सह–संयोजक माधवकुमार नेपालले युवाहरूको ठूलो आकर्षण नेकपातर्फ देखिएको भन्दै हजारौँ युवा हालै पार्टीमा प्रवेश गरेको जानकारी दिए। उनले भ्रष्टाचार नियन्त्रण, सुशासन र जेनजी आन्दोलनका मागलाई संस्थागत गर्न पार्टीले नेतृत्व लिने बताए।

अन्य नेताहरूले पनि देशभर देखिएका बेथितिलाई अन्त्य गर्दै नेकपालाई प्रभावशाली शक्ति बनाउने प्रतिबद्धता जनाएका थिए।
नेकपाले हाल विभिन्न प्रदेशमा एकता सन्देशसभा सञ्चालन गर्दै आएको र आगामी कार्यक्रम कर्णाली र काठमाडौंमा हुने जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार