https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


रासस
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दलहरु कमजोर देखिए पनि ‘सकिए’ भनेर निष्कर्ष निकाल्न नहुने बताएका छन् ।

शनिबार च्यासलस्थित पार्टी कार्यालयमा ‘नवयुग’ ई–बुलेटिनको शुभारम्भ गर्दै उनले आगामी ११औँ राष्ट्रिय महाधिवेशन एमालेविरुद्ध रहेको घेराबन्दी अन्त्य गर्ने र पार्टी पुनः सशक्त रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

ओलीका अनुसार महाधिवेशनको सफलता लोकतन्त्रकै सफलता हो। “यो महाधिवेशन केवल पार्टीको कार्यक्रम होइन, देश र जनताको भविष्यसँग जोडिएको आवश्यक प्रक्रिया हो,” उनले भने। जनताको शक्तिलाई निर्णायक राजनीतिक शक्तिमा रूपान्तरण गर्न महाधिवेशन महत्वपूर्ण हुने उनको भनाइ थियो।

ओलीले स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिँदै आगामी चुनावपछि एमाले नै पुनः अग्रस्थानमा आउने दाबी गरे।

“हामी चुनावको प्रतीक्षामा छौँ। चुनावबाट आउने सरकार एमालेकै हुनेछ,” उनले भने, “पुराना दलहरूमध्ये एमालेलाई प्रतिस्थापन कसैले गर्न सक्दैन।”

त्यसैगरी, एमाले महासचिव शंकर पोखरेलले मुलुक गम्भीर राजनीतिक जटिलतामा रहेको उल्लेख गर्दै यस्तो अवस्थामा देशलाई लोकतान्त्रिक मार्गमा फर्काउने क्षमता एमालेसँग मात्रै रहेको दाबी गरे।

उनका अनुसार महाधिवेशन प्रतिगमनविरुद्धको संघर्ष र जनसंघर्षको कार्यक्रमका रूपमा प्रस्तुत हुनुपर्नेछ।

पोखरेलले राष्ट्र निर्माणको योजनाकारका रूपमा एमालेलाई परिभाषित गर्दै देशको राजनीति एमालेकै वरिपरि केन्द्रित हुन आउने विश्वास व्यक्त गरे ।

पार्टीभित्र अहिले प्रतिस्पर्धाभन्दा बढी ‘एकता’ आवश्यक रहेको बताउँदै उनले अध्यक्ष ओलीकै नेतृत्वमा सबै वामपन्थी शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राखे।

प्रतिक्रिया

सम्बन्धित समाचार