गाैशाला, मंसिर २१ गते ।
मधेश प्रदेश नयाँ नेतृत्वमा प्रवेश गरेको छ। प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो कार्यकाल औपचारिक रूपमा सुरु गरेका हुन्।
शपथ समारोह प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णको उपस्थितिमा सम्पन्न भएको छ । कांग्रेस संसदीय दलका नेता रहेका यादवलाई मंसिर १९ गते सात दलको गठबन्धनबाट ७७ जना प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएपछि मुख्यमन्त्री नियुक्त गरिएको हो।
यादवले आगामी मंसिर २४ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी अघि बढाएका छन्। नयाँ सरकारले प्रदेश राजनीतिको दिशा कता मोड्नेछ भन्नेमा सबैको ध्यान केन्द्रीत भएको छ।





