https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर २१ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालयअगाडि जसपा, नेपालले पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार दोस्रो दिन पनि शान्तिपूर्ण धर्ना जारी राख्यो।

संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, पूर्ण समावेशी संसद, महिला–दलित आरक्षित निर्वाचन क्षेत्र, राज्यका सबै निकायमा समानुपातिक सहभागिता, किसानका लागि मलखादको समुचित व्यवस्था, नागरिकता समस्याको समाधान लगायत २२ बुँदे मागहरू राख्दै पार्टीले देशभर चरणबद्ध आन्दोलन सञ्चालन गरिरहेको छ।

जनकपुरधाममा जारी धर्ना जसपा नेपालका जिल्ला अध्यक्ष पशुपति यादवको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव दीपक कार्की, कार्यकारिणी सदस्य तथा प्रदेश सांसद राजकुमार गुप्ता, केन्द्रीय सदस्य तथा प्रदेश सांसद रामअशिष यादव, प्रदेश सांसद किरण साह, पूर्व सांसद तथा दलित मुक्ति संघकी केन्द्रीय अध्यक्ष चमेली देवी दास, साथै केन्द्रीय सदस्यहरू अरुण सिंह मण्डल र विमल साहलगायत अगुवा नेताहरूको उल्लेख्य उपस्थिति थियो ।

पार्टी नेतृत्वले माग पूरा नभएसम्म आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाइने चेतावनी पनि दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार