https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय मिश्रा
कपिलवस्तु, मंसिर २२ गते ।
जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्वमा अकरम पठान चयन भएका छन्। कपिलवस्तुको शिवराज नगरपालिका–स्थित सिद्धार्थ रिसोर्ट, चन्द्रौटामा शनिबार आयोजित पार्टी पुनर्गठन कार्यक्रम मार्फत पठान सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन्।

पठानको नेतृत्वमा ४९ सदस्यीय प्रदेश समितिको गठन गरिएको जसपाले जानकारी दिएको छ। उपाध्यक्षहरूमा नेत्रबहादुर थापा, मोहम्मद असलम अन्सारी र लालिमा मल्ल चयन भएका छन्। त्यसैगरी, विवेक चन्द्र मिश्र मुख्य सचिव, सुनिल पाठक र सुमित्रा नेपाली सचिव तथा मोहम्मद कादरी कोषाध्यक्षको जिम्मेवारीमा चयन भएका छन्।

कार्यक्रममा उपस्थित केन्द्रीय अध्यक्ष अशोक कुमार राईले आगामी निर्वाचनमा सुशासनलाई प्रमुख एजेन्डा बनाइने घोषणा गरे । उनले जेनजेड पुस्ताको भावना समेटिएको आधुनिक, समावेशी र परिवर्तनमुखी घोषणापत्र सार्वजनिक गर्ने तयारी भइरहेको बताए। जसपा, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी एकीकृत भएर ‘जातो’ चुनाव चिन्हमा अघि बढ्ने निर्णय संस्थागत भइसकेको उनले स्पष्ट पारे ।

नवनिर्वाचित अध्यक्ष अकरम पठानले युवापुस्ताले अपेक्षा गरेको सुशासन, पारदर्शिता र जबाफदेहिताका मूल्यलाई आधार बनाएर संगठनलाई नयाँ राजनीतिक दिशातर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

सहभागितामूलक निर्णय प्रक्रिया, डिजिटल पारदर्शिता र जनतासँग प्रत्यक्ष संवादलाई प्रवर्द्धन गर्दै पार्टीलाई अझ सशक्त रूपमा अगाडि बढाइने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार