https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ, मंसिर २३ गते ।
आगामी प्रतिनिधि सभा निर्वाचनलाई सहज र सुरक्षित बनाउन भारतले आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले मंगलबार गरिएको भेटमा भारतले स्रोतसाधनदेखि सुरक्षा सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको हो।

महावर नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौँ आएका थिए। भेटमा उनले जाजरकोट भूकम्पपछिको पुनर्निर्माणमा समेत भारत निरन्तर साथ रहने उल्लेख गरे। साथै, गृहमन्त्री अर्याललाई भारत भ्रमणका लागि औपचारिक निमन्त्रणासमेत दिए।

गृहमन्त्री अर्यालले कञ्चनपुरको दोधारा–चाँदनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको काम छिटो पूरा गर्न भारतलाई ध्यानाकर्षण गराए। उनले सीमा क्षेत्रमा हुने अपराध, चोरी–तस्करी र अवैध गतिविधि नियन्त्रणका लागि दुबै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदानलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया

सम्बन्धित समाचार