https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, मंसिर २३ गते ।
जाडोयाम नजिकिँदै गर्दा विपन्न तथा न्यून आय भएका परिवारहरूलाई राहतस्वरूप महाेत्तरीकाे गाैशाला नगरपालिका–७ मनहर्वामा १३३ घरपरिवारलाई २४० वटा कम्बल (ब्ल्यांकेट) वितरण गरेको छ । नेपाल राष्ट्रिय जनजाति प्रावि, मनहर्वाको प्राङ्गणमा मंगलबार आयोजित विशेष कार्यक्रम मार्फत कम्बल (ब्ल्यांकेट) हस्तान्तरण गरिएको हो ।

ब्ल्यांकट वितरण सेभ द चिल्ड्रेन र सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको साझेदारी तथा गाैशाला नगरपालिकाको सहकार्यमा सञ्चालित समुन्नति कार्यक्रम अन्तर्गत गरिएको हो । यस कार्यक्रमले विशेषगरी कमजोर तथा जोखिममा रहेका परिवारहरूलाई जाडोयाममा आवश्यक न्यानो सामग्री उपलब्ध गराउने उद्देश्य राखेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख डा. दिपेन्द्र महताेले स्थानीय तह, समुदाय र साझेदार संस्थाहरूबिचको यस्तो सहकार्यबाट समुदायले प्रत्यक्ष लाभ लिने भएकाले यसलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाइने बताए । उहाँकाे भनाइमा समुन्नति कार्यक्रम जस्ता क्रियाकलापले सामाजिक सुरक्षाका आधारहरू मजबुत बनाउन मद्दत पुर्याइरहेका बताए ।

ब्ल्यांकट पाउनेमध्ये अपांगता भएका व्यक्ति, सुत्केरी महिला, एकल महिला, जेष्ठ नागरिक, दलित तथा अति विपन्न समुदायका परिवारहरूलाई प्राथमिकता दिइएको थियो । कुल १३३ घरपरिवारमध्ये पाँच जनाभन्दा बढी सदस्य भएका घरपरिवारलाई २ वटा ब्ल्यांकट र बाँकीलाई १ वटा का दरले वितरण गरिएको कार्यक्रम अधिकृत जियालाल महताेले जानकारी दिए । उनका अनुसार जाडोको कठ्याङ्ग्रिदो मौसमले निम्न आय वर्गलाई बढी प्रभाव पार्ने भएकाले राहत सामग्रीले तत्कालीन कठिनाइ कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालयका शिक्षक, समुन्नति कार्यक्रमका प्रतिनिधि, समुदायका अगुवा तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले जाडोयाम नजिकिँदै गर्दा यस्तो सहयोग समयमै उपलब्ध गराइएकामा खुशी प्रकट गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार