https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


रन्जन यादव
सिमरा, मंसिर २५ गते ।
बाराको जीतपुरसिमरा उपमहानगरका विभिन्न स्वास्थ्य चौकीहरूमा जीवनजल र आयरन चक्कीको कमी देखिँदै आएको छ। स्थानीयवासीले लामो समयदेखि आवश्यक औषधि नपाएको गुनासो गर्दै समस्या सार्वजनिक गरेका हुन्। तर उपमहानगरपालिकाको स्टोरमा भने पर्याप्त मात्रा औषधि रहेको दाबी गरिएको छ ।

उपमहानगर–९ का जनस्वास्थ्य प्रवर्द्धन शाखा प्रमुख रबि भाष्करका अनुसार स्टोरमा जीवनजल र आयरन चक्की पर्याप्त छन्। तर ती औषधि आधारभूत स्वास्थ्य चौकीसम्म समयमै नपुगेका कारण सेवाग्राही प्रभावित भएका छन् ।

जीतपुर स्वास्थ्य चौकीमा उपचारका लागि पुगेका एक सेवाग्राहीले धेरै दिनसम्म औषधि नपाएपछि समस्या बाहिर आएको बताउँदै अन्य चौकीहरूमा पनि यस्तै संकट रहेको बताए। त्यहाँ चिकित्सकको व्यवस्था भए पनि बिरामीले डाक्टरबाट सेवा पाउन नसकिने, अनमी र अहेबमार्फतै उपचार भइरहेको गुनासो छ ।

जीतपुर आधारभूत स्वास्थ्य चौकीका सिनियर अहेब प्रबिन कुमार झाले उपमहानगरमै औषधिको अभाव भएकै कारण चौकीमा आपूर्ति नहुने जानकारी दिए। औषधि नपाउँदा विशेषगरी महिला, बालबालिका र दीर्घरोगी बढी मारमा परिरहेका छन् ।

उता, उपमहानगरपालिकाले आन्तरिक व्यवस्थापनका कारण आपूर्तिमा केही ढिलाइ हुन सक्ने टिप्पणी गरेको छ। तर सेवाग्राही भने स्टोरमा औषधि पर्याप्त छ भन्दै पनि चौकीमा नपुग्ने विसङ्गति तत्काल समाधान गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने माग गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार