https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


बिरगंज, मंसिर २६ गते ।
पर्सा जिल्लाबाट प्रकाशित हुने फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक तथा प्रेस चौतारी नेपाल पर्सा का सदस्य पत्रकार शैलेश गुप्ता माथि बुधबार जीराभवानी गाउँपालिकाका केही कर्मचारीले दुर्व्यवहार गरेका छन् ।

पत्रकार गुप्ता स्थानीय अनियमितता, भ्रष्टाचार र कर्मचारी अनुपस्थितिका बारेमा समाचार संकलनका लागि गाउँपालिका कार्यालय पुगेका थिए। कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत, अध्यक्ष र उपाध्यक्ष अनुपस्थित थिए भने केही कार्यालय सहयोगी र गार्ड मात्र उपस्थित थिए ।

पत्रकारले कार्यालयमा खाली कुर्सीको फोटो खिच्ने प्रयास गर्दा कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रालगायत ले मोबाइल खोसेर गालीगलौज गरेका थिए। पत्रकारको फोटो पनि डिलिट गरिएको थियो। कार्यालयमा उपस्थित कर्मचारीहरूले स्थानीयलाई बोलाएर पत्रकारमाथि हातपात गर्न खोज्दा गुप्ताले आफूलाई जोगाउँदै कार्यालय छोड्नु परेको थियो ।

यस घटनाप्रति प्रतिक्रिया जनाउँदै प्रेस चौतारी नेपाल पर्सा ले विज्ञप्ति जारी गरी दोषी कर्मचारीविरुद्ध कडा कारबाही, घटना छानबिनका लागि सिसिटिभी फुटेज परीक्षण, र सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्। अध्यक्ष निरंजन मिश्र का अनुसार, छानबिन र कारबाही नभएमा संगठन आन्दोलनमा उत्रने चेतावनी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार