https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


सिरहा, मंसिर २६ गते ।
सिरहाकाे सुखिपुर नगरपालिका–६, दहिपौडी – हेल्प मधेसी मलेसियाद्वारा आर्थिक सहयोग गर्दै रामनाथ मोची र आशा देवी मोचीका नातिनी मन्जुला कुमारी मोचीको वैवाहिक कार्यक्रम २०८२/०८/२६ गते सामाजिक परम्पराअनुसार सम्पन्न भएको छ ।

कन्याको परिवार आर्थिक दृष्टिले निकै कमजोर रहेको र बुवाको स्वास्थ्य अवस्था अशक्त रहेको हुँदा, परिवारले वैवाहिक खर्च व्यवस्थापन गर्न कठिनाइ भोगिरहेको थियो । यस परिस्थितिमा हेल्प मधेसीले परिवारलाई आर्थिक सहयोग गरेको हो ।

हेल्प मधेसीद्वारा २१,५००/- रुपैयाँ सहयोग प्रदान गरिएको छ भने व्यक्तिगत रूपमा हरिदेव महरा र समाजसेवी मिथलेस मण्डलबाट ५००/- रुपैयाँ गरी जम्मा २३,५००/- रुपैयाँ सहयोग गरिएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा स्थानीय बुद्धिजीवी तथा हेल्प मधेसीका सदस्यहरू उपस्थित थिए । उपस्थित व्यक्तिहरूमा केन्द्रीय कार्यवाहक अध्यक्ष संजय कुमार यादव, केन्द्रीय सदस्य बस्ने राय, सिरहा जिल्ला सचिव श्रवण कुमार महरा, मलेसियाको मिडिया कोअर्डिनेटर देव नरायण महतो, पत्रकार हेम प्रसाद पासवान र समाजसेवी मिथलेस मण्डल समावेश थिए ।

कार्यक्रममार्फत कमजोर र दलित परिवारको सामाजिक सहयोगमा समुदायको सहभागिता देखाइएको छ र समुदायमा सद्भाव, सहयोग तथा परोपकारको भावना प्रवर्धन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार