https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला, मंसिर २७ गते ।
आमसञ्चार प्राधिकरण, जनकपुरधामको आयोजनामा तथा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको समन्वयमा एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगसम्बन्धी एकदिने तालिम महोत्तरीकाे जलेश्वरमा सम्पन्न भएको छ ।

तालिमको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य अनिता साहले प्रविधिको तीव्र विकाससँगै पत्रकारिताको कार्यशैलीमा समेत परिवर्तन आउनु स्वाभाविक भएको बताउनुभयो । उहाँले एआई प्रविधिको सही, जिम्मेवार र नैतिक प्रयोगबाट समाचार संकलन, सम्पादन तथा प्रस्तुतिको गुणस्तर अझै प्रभावकारी बन्ने उल्लेख गर्नुभयो। गलत सूचना र भ्रामक समाचारको चुनौती बढिरहेको वर्तमान अवस्थामा एआईको सचेत प्रयोगले पत्रकारिताको विश्वसनीयता जोगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।

अनिता साहले पत्रकारहरू समाजको ऐना भएकाले प्रविधिलाई सहयोगी साधनका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिँदै एआईले मानव विवेक र पत्रकारको पेशागत जिम्मेवारीको स्थान लिन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले प्रदेश सरकार पत्रकारहरूको क्षमता अभिवृद्धि तथा प्रविधिमैत्री पत्रकारिता विकासका लागि यस्ता तालिम र कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादवले एआई प्रयोगसँग जोडिएका कानुनी र नीतिगत पक्षबारे प्रकाश पार्नुभएको थियो । उहाँले पत्रकारितामा एआई प्रयोग गर्दा आचारसंहिता, गोपनीयता र उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

आमसञ्चार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगाको अध्यक्षता, प्रमुख अतिथि प्रदेश सभा सदस्य अनिता साह, विशिष्ट अतिथिका रूपमा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेश यादव, आमसञ्चार प्राधिकरणकी प्रशासन प्रमुख रञ्जिता साह, अतिथि नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश दास, पूर्व अध्यक्ष दशरथ भण्डारी, प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार कुमरकान्त झा लगायतले पत्रकारिता र प्रविधिबीचको सम्बन्धबारे आफ्ना धारणा राख्नुभएको थियो । विभिन्न पत्रकार संघ–संस्थाका प्रतिनिधि तथा जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

तालिममा प्रशिक्षक सुरेश पिडारीले समाचार लेखन, तथ्य जाँच, कन्टेन्ट व्यवस्थापन र डिजिटल पत्रकारितामा एआईको व्यवहारिक प्रयोगबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो भने सहायक प्रशिक्षक प्रकाश मैनालीले सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले तालिमले प्रविधिसँग जोडिएको आधुनिक पत्रकारिता अभ्यासमा आत्मविश्वास बढाएको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार