https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


गौशाला, मंसिर २९ गते ।
महाेत्तरीकाे गौशालामा प्रतिष्ठित खेलकुद प्रतियोगिता १४ औँ स्व. रामलखन चौधरी स्मृतिकप फुटबल प्रतियोगिता–२०८२ यही पुष १२ गतेदेखि सुरु हुने भएको छ। विगत १४ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यस प्रतियोगिताले गौशाला क्षेत्रको खेलकुद विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको आयोजकले जनाएको छ ।

स्थानीय तथा बाहिरी टिमहरूको सहभागितामा सञ्चालन हुँदै आएको स्व. रामलखन चौधरी स्मृतिकप आज गौशालाको पहिचानसँग जोडिएको एक प्रतिष्ठित प्रतियोगिताका रूपमा स्थापित भएको छ। प्रतियोगिताको आयोजना बिर्ता स्पोर्ट्स क्लब गौशाला, गौशाला–४, महोत्तरीले गर्दै आइरहेको छ ।

प्रतियोगितामार्फत युवाहरूलाई खेलकुदप्रति आकर्षित गर्नुका साथै अनुशासन, सद्भाव र खेल भावना विकास गर्ने उद्देश्य रहेको आयोजक क्लबले जनाएको छ । स्व. रामलखन चौधरीको स्मृतिमा प्रत्येक वर्ष आयोजना गरिँदै आएको यस प्रतियोगिताले स्थानीय खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्दै आएको छ ।

यस प्रतियोगिताको सफल आयोजनामा स्थानीय सरकार, युवा, समाजसेवी, जनप्रतिनिधि, व्यापारी तथा खेलप्रेमीहरूको सहयोग र योगदान उल्लेखनीय तथा सराहनीय रहेको आयोजकले बताएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूलाई समयमै दर्ता गर्न आयोजकले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार