https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चन्दन महताे
रौतहट, मंसिर २९ ।
रौतहटको राजपुर नगरपालिकाले सोमबारदेखि आफ्नै नवनिर्मित प्रशासकीय कार्यालय भवनबाट औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको छ। राजपुर नगरपालिका–स्थित राजिक चोकमा निर्माण सम्पन्न भएको प्रशासकीय भवनको नगरप्रमुख डा. राजिक आलमले विशेष समारोहबीच विधिवत् उद्घाटन गरेसँगै सेवा सञ्चालनमा आएको हो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख डा. आलमले नगरवासीको चाहना र अपेक्षाअनुसार निर्धारित समयमै प्रशासकीय भवन निर्माण भई सेवा सुरु गर्न पाउँदा खुसी व्यक्त गरे। यसअघि सानो र अस्थायी कोठाबाट सीमित रूपमा सेवा दिनुपरेको स्मरण गर्दै उनले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा दिनु नगरपालिकाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

नगरको विकास क्रमशः अघि बढिरहेको उल्लेख गर्दै उनले शिक्षा, स्वास्थ्य, सडक तथा भौतिक पूर्वाधार क्षेत्रमा उल्लेखनीय सुधार भएको बताए। नगरवासीको निरन्तर साथ र सहयोग रहे राजपुर नगरपालिकालाई नमूना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले नयाँ प्रशासकीय भवनबाट सेवा सुरु भएकोमा नगरवासीलाई बधाई दिँदै जनताको कामकाजमा ढिलासुस्ती नगर्न नगरपालिकालाई सुझाव दिए। पायक पर्ने स्थानमा भवन निर्माण भएकाले सेवाग्राहीले भोग्दै आएका झन्झट क्रमशः हट्ने र सेवा प्रवाह अझ प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

उद्घाटन समारोहमा उपनगरप्रमुख, निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, नेपाल प्रहरीका एसपी रबिन कार्की, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक कुमार बुढाथोकी, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष संजय कार्की, डा. कौशर आलम, वडा नं. १ देखि ९ सम्मका वडाध्यक्षहरू, जिल्ला समन्वय समितिका सदस्य, नगर तथा वडा सदस्यहरू, विभिन्न क्षेत्रका व्यक्तित्व र स्थानीय बासिन्दाहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

साथै उद्घाटन समारोहका अवसरमा नगरप्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, सुरक्षा निकायका प्रतिनिधि, वडाध्यक्ष, निर्माण व्यवसायी तथा सञ्चारकर्मीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका लेखा अधिकृत मनोज कर्णका अनुसार करिब ५ करोड ७२ लाख रुपैयाँको लागतमा नयाँ प्रशासकीय भवन निर्माण सम्पन्न गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार