https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, मंसिर २९ गते ।

धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–६ मा रहेको नगर अस्पतालको अस्पताल व्यवस्थापन समिति गठन गरिएको छ। गाउँपालिकाको आज सम्पन्न कार्यपालिका बैठकले नगर अस्पतालको व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन गर्ने निर्णय गरेको हो।

नवगठित समितिको अध्यक्षमा श्री विश्वनाथ यादव चयन हुनुभएको छ। समितिका सदस्यहरूमा मोहन यादव, कैलाश कुमार यादव, कामेश्वर यादव, रामचन्द्र पुर्बे, ललिता देवी यादव, निर्मला देवी यादव, नेनबति देवी राम तथा मनिस कुमार यादव रहनुभएको छ। सम्बन्धित पदाधिकारी सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।

नवगठित समितिका अध्यक्ष विश्वनाथ यादवले समितिमा आबद्ध सम्पूर्ण पदाधिकारीहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ। नगर अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने दिशामा समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार