https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

बारा, मंसिर २९ गते ।

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता माननीय जितेन्द्र सोनलले बारामा ५ किलोमिटर लामो सडक आयोजनाको सोमबार शिलान्यास गर्नुभएको छ।

शिलान्यास गरिएको सडकले प्रसौनी बजारदेखि नकटुवा नहर हुँदै इटियाही, विश्रामपुर गाउँपालिका कार्यालय, मुसहरवा र बलिरामपुरसम्मका विभिन्न महत्त्वपूर्ण बस्ती तथा स्थानहरूलाई जोड्नेछ। यस सडक निर्माणपछि स्थानीयवासीको आवतजावत सहज हुनुका साथै आर्थिक तथा सामाजिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार पूर्व मुख्यमन्त्री सोनलको निरन्तर पहल र सक्रिय प्रयासका कारण यो बहुप्रतीक्षित सडक आयोजना कार्यान्वयनमा आएको हो।

शिलान्यास कार्यक्रममा विश्रामपुर गाउँपालिका अध्यक्ष जुल्फकार अलि भुटो, लोसपा प्रसौनी गाउँपालिका अध्यक्ष प्रत्यासी भोला गुप्ता, विश्रामपुर गाउँपालिका–५ का वडा अध्यक्ष अमिरीलाल साह, पूर्व वडा अध्यक्ष भोला साह सोनरलगायत विभिन्न राजनीतिक दलका नेता, युवा अगुवा तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार