https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम: रुपन्देहीको शुद्धोदन गाउँपालिका–४ फर्साटिकरमा शुद्धोदन उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन भइरहेको दोस्रो शुद्धोदन उद्योग, कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सव अन्तर्गत गाउँपालिका स्तरीय कृषि मेला प्रदर्शनी सोमबारदेखि सुरु भएको छ । महोत्सवको छैटौँ दिनबाट सुरु भएको प्रदर्शनी दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीमा गाउँपालिकाभित्रका किसानहरूले उत्पादन गरेका धान, गहुँ, तरकारी, फलफूललगायत विभिन्न कृषि उपजहरू प्रदर्शन गरिएको छ। स्थानीय किसानका उत्पादनलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलामा उत्कृष्ट कृषि उपज उत्पादन गर्ने किसानहरूलाई गाउँपालिकाको तर्फबाट पुरस्कृत गर्ने कार्यक्रम पनि राखिएको छ ।

शुद्धोदन गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश रेग्मीले कृषि मेला प्रदर्शनीले किसानको हौसला बढाउनुका साथै स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार