जनकपुरधाम: मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार गरिएको छ। मन्त्रिपरिषद् विस्तारसँगै नेकपा (माओवादी केन्द्र)बाट जवाहर कुशवाहा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की रानी शर्मा तिवारी मन्त्री नियुक्त भएका छन् ।
नवनियुक्त मन्त्री कुशवाहालाई ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने तिवारीलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यसैगरी यसअघि बिना विभागीय मन्त्री रहेका नेपाली कांग्रेसका जंगीलाल राय यादवलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेकपा (एकीकृत समाजवादी)का कनिश पटेललाई उद्योग वाणिज्य मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ ।
मन्त्रिपरिषद् विस्तारसँगै मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् सदस्य संख्या छ पुगेको छ ।



