https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


काठमाडौँ, मंसिर २९ गते ।
नेपाल आयल निगमले इन्धनको खुद्रा मूल्यमा फेरबदल गरेको छ। यो नयाँ मूल्य आज मध्यरातदेखि लागू भएको छ । निगमका अनुसार डिजेल र मट्टितेल प्रतिलिटर चार रुपैयाँ सस्तो भएको छ। पेट्रोल भने प्रतिलिटर दुई रुपैयाँ महँगिएको छ ।

मूल्य परिवर्तनपछि डिजेल र मट्टितेल पहिलो वर्गमा प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँमा बिक्री हुनेछ। पेट्रोलको मूल्य पहिलो वर्गमा १६० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६२ रुपैयाँ र तेस्रो वर्गमा १६३ रुपैयाँ पुगेको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्गमा परेका छन्। सुर्खेत र दाङ दोस्रो वर्गमा छन् भने काठमाडौँ, पोखरा र दिपायल तेस्रो वर्गमा राखिएका छन्। डिपोबाट १५ किलोमिटरसम्म यही मूल्य लागू हुनेछ ।

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य मिलाइएको निगमले जनाएको छ। डिजेल र मट्टितेल सस्तो आएको र पेट्रोल महँगो आएको कारण यस्तो निर्णय गरिएको हो। हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यसपटक पनि परिवर्तन गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार