गाैशाला, मंसिर २९ गते ।
महोत्तरीकाे मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कलवार (चौधरी) समुदायको कुलदेवता श्री बलभद्र भगवानको मन्दिर निर्माण कार्यको शिलान्यास गरिएको छ ।
मन्दिरको शिलान्यास मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र वडा नं. ९ का वडा अध्यक्ष मदन चौधरीले संयुक्त रूपमा गरेका हुन्। मटिहानी नगरपालिका वडा नं. ९ को वडा स्तरीय योजना अन्तर्गत करिब २० लाख रुपैयाँको लागतमा मन्दिर निर्माण गरिने नगरपालिकाले जनाएको छ।
शिलान्यास समारोहमा नगर उप–प्रमुख मंजु देवी साह, वडा सदस्यहरू, कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कलवार समुदायका अगुवा तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीयका अनुसार सिमरदही टोलमा करिब ८० घरधुरी कलवार समुदायको बसोबास रहेको छ। मन्दिर निर्माणसँगै धार्मिक तथा सांस्कृतिक गतिविधि थप सुदृढ हुने अपेक्षा गरिएको छ ।








