https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस १ गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले आफ्ना २८ बुँदे मागहरू कार्यान्वयन नगरेको भन्दै सर्लाहीको मलंगवामा विरोध प्रदर्शन गरेको छ।

प्रदर्शन सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष रणधिर यादवले सरकार जनतासँग सम्बन्धित विषयमा गम्भीर नभएको बताए। उनले समावेशिता, सुशासन, सामाजिक न्याय र जनजीविकासँग जोडिएका मागहरू लामो समयदेखि अलपत्र परेको उल्लेख गरे। यादवले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएकाले सडक आन्दोलन गर्न बाध्य हुनुपरेको बताए।

उनका अनुसार यी मागहरू जनताको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएका छन्। त्यसैले माग पूरा नभएसम्म आन्दोलन रोकिने छैन र आगामी दिनमा अझै सशक्त कार्यक्रमहरू गरिने चेतावनी उनले दिए।

विरोध सभामा जसपा नेपालका केन्द्रीय सदस्यहरू सुनैना चौधरी र मिरा मण्डल, पूर्व राष्ट्रिय सभा सदस्य रामपृत पासवान, जिल्ला तहका नेताहरू, स्थानीय जनप्रतिनिधि, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति थियो। वक्ताहरूले सरकार जनताको समस्या समाधान गर्न असफल भएको भन्दै एकजुट भएर दबाब बढाउनुपर्ने धारणा राखे।

उक्त विरोध कार्यक्रम जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सर्लाहीको आयोजनामा शान्तिपूर्ण रूपमा सम्पन्न भएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार