https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस १ गते ।
कोरोना महामारीका बेला बन्द गरिएको रामपुर खाप सीमा नाका अझै नखोलेको भन्दै रौतहटमा एक व्यक्ति आमरण अनशनमा बसेका छन्।

रौतहटको परोहा नगरपालिका–९ स्थित रामपुर खाप छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै सिमाना संघर्ष समितिका अध्यक्ष तथा पूर्व शिक्षक तजमुल हक आइतबार दिउँसो ३ बजेदेखि अनशन सुरु गरेका हुन्। उनी भन्सार कार्यालयको प्राङ्गणमै बसेर सरकारको ध्यानाकर्षण गराइरहेका छन्।

महामारी अघि रामपुर खाप नाका स्थानीयका लागि मुख्य आवतजावतको बाटो थियो। चारपांग्रे सवारी साधन सहजै चल्ने यो नाका बन्द भएपछि सीमावर्ती बस्तीका बासिन्दालाई दैनिक उपभोग्य सामग्री किन्न तथा सामान्य कामका लागि समेत समस्या भएको छ।

स्थानीयका अनुसार नाका बन्द रहँदा व्यापार–व्यवसाय र जनजीवन दुबै प्रभावित भएका छन्। यसअघि पनि नाका खोल्न माग गर्दै अनशन गरिएको थियो। सम्बन्धित निकायबाट छिट्टै समाधान गर्ने आश्वासन पाएपछि अनशन तोडिएको भए पनि अहिलेसम्म नाका सञ्चालनमा आएको छैन।

आश्वासन कार्यान्वयन नभएपछि पुनः आमरण अनशनमा बस्नुपरेको तजमुल हकले बताएका छन्। उनले माग पूरा नभएसम्म अनशन जारी रहने स्पष्ट पारेका छन् । सभार : अनलाइन खबर

प्रतिक्रिया

सम्बन्धित समाचार