https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/


चन्दन महताे
रौतहट, पुस २ गते ।
यातायात व्यवस्था विभागमा हालै भएको तोडफोड तथा आन्दोलनका कारण सवारी चालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी सेवा प्रभावित भएपछि सेवाग्राहीहरू समस्यामा परेका छन्। आन्दोलनको असरले लाइसेन्स दर्ता, नवीकरण तथा अन्य आवश्यक सेवाहरूमा अवरोध सिर्जना भएको छ ।

यसै सन्दर्भमा यातायात व्यवस्था कार्यालय गौर, रौतहटले अनलाइन फारम आवेदन (Online Form Apply) प्रणालीमा देखिएका समस्याहरू तत्काल समाधान गरी व्यवस्थापन सुधार गर्न सम्बन्धित निकायसँग माग गरेको छ। कार्यालयका छैठौँ अधिकृत कामेश्वर साह र नसिम अहमदले सेवाग्राहीलाई सहज, सरल र प्रभावकारी सेवा दिन अनलाइन प्रणालीलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

उनीहरूका अनुसार हाल अनलाइन प्रणालीमा देखिएको अव्यवस्था, प्राविधिक समस्या तथा जटिल प्रक्रियाका कारण सेवाग्राहीहरू अनावश्यक रूपमा हैरानी खेप्न बाध्य छन्। विशेषगरी फारम भर्ने, मिति प्राप्त गर्ने र सेवासम्बन्धी जानकारी पाउन कठिनाइ भइरहेको गुनासो बढ्दै गएको छ ।

कार्यालयले सेवाग्राहीमैत्री प्रणाली विकास गर्दै छिटो सुधारको पहल गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। यसले लाइसेन्स सेवामा देखिएको समस्या समाधान भई सेवाग्राहीले सहज रूपमा सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार