https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गाैशाला, पुस २ गते ।
रतौली युवा क्लब महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा रामगोपालपुर नगरपालिकामा सञ्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत शैक्षिक सुधार कार्यक्रमको प्रगति समीक्षा कार्यशाला सम्पन्न भएको छ। कार्यक्रम बर्दिवासस्थित होटल विनायक बैंकेटमा आयोजना गरिएको थियो ।

कार्यशालामा स्थानीय अधिकार कार्यक्रमको मुख्य मर्म—स्थानीय तहको भूमिका सुदृढ गर्दै आधारभूत शिक्षाको गुणस्तर सुधार—लाई केन्द्रमा राखेर छलफल गरिएको थियो। कक्षा १–३ मा LRP मार्फत सञ्चालन भइरहेका शैक्षिक गतिविधि, विद्यार्थीको सिकाइ उपलब्धि, बालमैत्री र सहभागितामूलक शिक्षण विधि तथा कार्यक्रमको प्रभावकारिताको समीक्षा गरिएको हो ।

एकीकृत पाठ्यक्रम कार्यान्वयनमा देखिएका उपलब्धि र चुनौती, शिक्षकहरूको सिकाइ अनुभव, विद्यार्थी उपस्थिती र निरन्तरतामा सुधारका उपायहरू पहिचान गर्दै पालिका र विद्यालय तहबीच समन्वय मजबुत बनाउने विषयमा सहभागीहरूबीच गहन अन्तरक्रिया भएको थियो। साथै आगामी चरणमा स्थानीय अधिकार कार्यक्रमलाई अझ परिणाममुखी र दिगो बनाउने उद्देश्यले कार्ययोजना तथा जिम्मेवारी निर्धारणमा पनि जोड दिइएको थियो ।

रामगोपालपुर नगरपालिका वडा नं. १, २, ५ र ९ का ८ वटा विद्यालयबाट प्रधानाध्यापक, शिक्षक तथा शिक्षिका सहित कुल २७ जनाको सहभागिता रहेको कार्यक्रममा नगरपालिकाको शिक्षा शाखाबाट शिक्षा अधिकृत अरुण कुमार साह, कार्यक्रम संयोजक अविनाश कुमार महतो, परियोजना अधिकृत अभिषेक दुबे लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले स्थानीय अधिकार कार्यक्रम (LRP–41) ले प्रारम्भिक तहको शिक्षामा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै यसको प्रभावकारिता थप विस्तार गर्न निरन्तर समन्वय र अनुगमन आवश्यक रहेको निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार