https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

गाैशाला: मधेश प्रदेशका सिमान्तकृत समुदायको सामाजिक–आर्थिक सशक्तिकरणका लागि सञ्चालित परियोजनाअन्तर्गत मटिहानी नगरपालिका वडा नं. ७ र ९ मा सञ्चालन भइरहेका गतिविधिहरूको स्थलगत अवलोकन तथा अनुगमन गरिएको छ। महोत्तरी FCA को सहयोग, मटिहानी नगरपालिकाको समन्वय तथा रतौली युवा क्लब, महोत्तरीको सहजीकरणमा परियोजना सञ्चालन हुँदै आएको हो।

अनुगमन कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डल, रतौली युवा क्लबका निर्देशक बैद्यनाथ चौधरी, नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष महेश दास, गैरसरकारी संस्था महासंघ महोत्तरीका अध्यक्ष, वडा नं. ९ का अध्यक्ष मदन चौधरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा लगायत नगरपालिकाका विभिन्न शाखा प्रमुखहरूको सहभागिता थियो ।

अनुगमन टोलीले परियोजनामार्फत सञ्चालित पशुपालन, तरकारी खेती, गड्यौला मल उत्पादन तथा च्याउखेतीलगायत गतिविधिहरूको अवलोकन गर्दै लक्षित समुदायमा आएको सामाजिक, आर्थिक तथा शैक्षिक सुधारको समीक्षा गरेको छ।

डिसेम्बर २०२२ देखि डिसेम्बर २०२५ सम्म सञ्चालन भएको यस परियोजनाले दलित तथा अति गरिब परिवारका महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै सामाजिक–आर्थिक सशक्तिकरणमा योगदान पुर्‍याउँदै आएको छ। परियोजनाअन्तर्गत वडा नं. ७ र ९ मा चार वटा महिला समूह गठन भई प्रत्येक समूहमा २५ जनाका दरले १०० जना महिलाहरू आबद्ध छन्। समूहहरूले नियमित बचत गर्दै आएका छन् भने प्रत्येक समूहमा करिब ९० हजार रुपैयाँ बराबरको बचत संकलन भइसकेको छ ।

महिला समूहका सदस्यहरूलाई नेतृत्व विकास, उद्यमशीलता, बजारिकरण, अर्गानिक तरकारी खेती, व्यावसायिक पशुपालन, महिला अधिकार, लैङ्गिक समानता तथा घरेलु हिंसासम्बन्धी तालिम र सामुदायिक संवाद सञ्चालन गरिएको छ। जीविकोपार्जन सुधारका लागि कृषि सामग्री, बीउ–मल, कृषिऔजार तथा आईपिएम किट वितरण गरिएको छ।

आफ्नै जग्गा नभएका मुसहर समुदायका १७ परिवारका लागि गुठी संस्थानको दुई बिघा जग्गा लिजमा लिएर सामूहिक तरकारी खेती गरिएको छ। यसका लागि २०२५ मा करिब ६ लाख ५० हजार रुपैयाँ बराबरको लगानी गरिएको छ। साथै, अन्य १३ परिवारलाई आफ्नै जमिनमा तरकारी खेती गर्न सिँचाइ मोटर, बीउ–बिजन र कृषिऔजार सहयोग गरिएको छ। उक्त खेतीबाट प्रत्येक सिजनमा प्रतिपरिवार १५ देखि २० हजार रुपैयाँ आम्दानी भइरहेको समूहका सदस्यले बताएका छन् ।

त्यसैगरी, चारै महिला समूहका ३८ परिवारलाई पशुपालन सहयोग प्रदान गरिएको छ। यसअन्तर्गत भैंसी, गाई, बाख्रा तथा बंगुर पालनका लागि प्रतिपरिवार ३० हजारदेखि ७० हजार रुपैयाँसम्म सहयोग गरिएको छ। थप रूपमा ३० जना महिलालाई नास्ता पसल, किराना पसल तथा तरकारी–फलफूल पसल सञ्चालनका लागि सहयोग गरिएको छ।

शिक्षा क्षेत्रमा विद्यालय भर्ना अभियान, अभिभावक अभिमुखीकरण, समुदायआधारित कोचिङ कक्षा सञ्चालन तथा १५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ। यसबाट करिब २५ जना विद्यालय बाहिर रहेका बालबालिका पुनः विद्यालय फर्किएका छन्। किशोर–किशोरीका लागि जीवन उपयोगी सिपसम्बन्धी सत्रहरूले उनीहरूको आत्मविश्वास र सामाजिक सशक्तिकरणमा योगदान पुर्‍याएको छ ।

अनुगमनका क्रममा नगर प्रमुख हरि प्रसाद मण्डलले परियोजनाले जीविकोपार्जन, शिक्षा र अधिकार पहुँचमा सकारात्मक परिवर्तन ल्याएको उल्लेख गर्दै स्थानीय सरकार र साझेदार संस्थाबीचको सहकार्य अझ सुदृढ गर्नुपर्ने बताए। रतौली युवा क्लबका निर्देशक बैद्यनाथ चौधरीले आगामी दिनमा जलवायु–मैत्री व्यवसाय, दिगो कृषि प्रणाली, सिपमूलक तालिम र रोजगारी सिर्जनामा थप प्राथमिकता दिइने जानकारी दिए।

सरोकारवालाहरूका अनुसार परियोजनाले सिमान्तकृत समुदायको सामाजिक–आर्थिक अवस्थामा सुधार ल्याउँदै स्थानीय तहमा दिगो विकास र समावेशी समाज निर्माणतर्फ महत्वपूर्ण योगदान पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार