https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

राजेश सिंह
गौशाला, पुस ४ गते
महोत्तरीमा रतौली युवा क्लब महोत्तरी र एक्सन एड नेपालको साझेदारीमा तथा रामगोपालपुर नगरपालिकाको समन्वयमा सञ्चालन भइरहेको स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत संयुक्त स्थलगत अवलोकन (MPAC) अनुगमन गरिएको छ । कार्यक्रमको प्रभावकारिता मूल्यांकन, पारदर्शिता प्रवर्द्धन तथा स्थानीय तहको जवाफदेहिता मजबुत बनाउने उद्देश्यले उक्त अनुगमन गरिएको हो ।



अनुगमनको पहिलो चरणमा रामगोपालपुर नगरपालिका–९ गोठबनौलीस्थित श्री दोरिक जनता आधारभूत विद्यालयमा निर्माण सम्पन्न हुन लागेको चार कोठे, दुई तले पक्की भवनको स्थलगत निरीक्षण गरिएको थियो। अनुगमन टोलीले कक्षाकोठा, पलास्टर, रंगरोगन, ढोका–झ्याल, संरचनागत गुणस्तर तथा सुरक्षा पक्षको अवलोकन गरेको थियो। नगर प्रमुख राम दुलार साहको प्रमुख आतिथ्यतामा सम्पन्न अनुगमनका क्रममा उहाँले निर्माण कार्य तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न लागेकोले धन्यवाद समेत दिए ।



सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दासले सम्बोधन गर्दै विद्यालयको भौतिक पूर्वाधार विकास बिना शैक्षिक सुधार सम्भव नहुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,
“विद्यालय भवन जस्ता संरचनाले केवल कक्षाकोठा मात्र होइन, बालबालिकाको भविष्य निर्माणमा आधार तयार गर्छन्। यस भवनले दीर्घकालीन रूपमा सिकाइ वातावरण सुधार्नेछ ।


अनुगमनको दोस्रो चरणमा टोली वडा नं. १ स्थित बिसपिटीको मुसहर बस्तीमा पुगेर भुुइया बाबा महिला समूह, किशोरी समूह तथा युवा समूहका सदस्यहरूसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियाका क्रममा सहभागीहरूले आर्थिक अवस्था कमजोर भएका कारण शौचालयको अभाव, सीपमूलक तथा आयआर्जनसम्बन्धी तालिमको कमी, रोजगारीका अवसर सीमित भएको लगायतका समस्या तथा गुनासो राखेका थिए । ती विषयमा नगर प्रमुख साहले चरणबद्ध रूपमा समाधानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो भने प्रमुख प्रशासकीय अधिकृत दासले यी मागहरूलाई नगरपालिकाको योजना तथा बजेट प्रक्रियासँग जोडेर अगाडि बढाइने जानकारी दिनुभयो ।




यसै क्रममा अनुगमन टोलीले वडा नं. ५ कञ्चनपुरमा स्थानीय अधिकार कार्यक्रम (LRP–41) अन्तर्गत व्यवसायिक सहयोग प्राप्त गरेकी निना देवी मण्डलको किराना पसलको अवलोकन पनि गरेको थियो । उहाँलाई कार्यक्रम मार्फत किराना पसल सञ्चालनका लागि ३० हजार रुपैयाँ सहयोग गरिएको थियो । सहयोगपछि आफूले नियमित रूपमा पसल सञ्चालन गरी हाल राम्रो आम्दानी गर्न सफल भएको उनलेे बताइन् । साथै उनले आफ्नो र श्रीमानको नाममा सहकारी संस्थामा खाता खोली दैनिक बचत गर्दै आएको र यसले परिवारको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याएको अनुभव सुनाइन् ।


अनुगमन कार्यक्रममा नगर प्रमुख राम दुलार साह, उप–प्रमुख रिना देवी यादव, प्रमुख प्रशासकीय अधिकृत अच्छेलाल दास, वडा नं. ९ का वडा अध्यक्ष नागेश्वर प्रसाद मण्डल, शिक्षा शाखा संयोजक देवनारायण सिंह, शिक्षा अधिकृत अरुण कुमार साह, जिन्सी प्रमुख मुस्लिम बैठा, विभिन्न शाखाका प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समिति, भवन निर्माण समिति, कार्यक्रम संयोजक अविनाश कुमार महतो, परियोजना अधिकृत अभिषेक दुबे, मिल तथा सेफ गाडिङ काेडिनेटर: संदिप सिंह लगायतको उपस्थिति रहेको थियो ।




कार्यक्रम संयोजक अविनाश कुमार महतोका अनुसार स्थानीय अधिकार कार्यक्रम (LRP–41) ले शिक्षा, जीविकोपार्जन, सामाजिक समावेशीकरण र स्थानीय तहको जवाफदेहिता सुदृढ गर्ने लक्ष्य लिएको छ । संयुक्त स्थलगत अवलोकन तथा MPAC अनुगमनबाट कार्यक्रमको प्रगति मूल्यांकन हुनुका साथै सरोकारवालाबीच समन्वय, पारदर्शिता र विश्वास अभिवृद्धि भएको सहभागीहरूको भनाइ छ ।


संयुक्त अनुगमनले स्थानीय तहमा विकास कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न, समुदायको आवाजलाई निर्णय प्रक्रियामा समेट्न तथा सुशासन प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार