https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

जनकपुरधाम, पुस ५ गते ।
मधेश प्रदेश सभामा लामो समयदेखि रिक्त रहेको सभामुख पदका लागि अन्ततः सहमतिको वातावरण बनेको छ। सोही सहमतिअनुसार जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक राम अशिष यादवले सभामुख पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

शनिबार प्रदेश सभा सचिवालयमा पुगेर यादवले सात दलको समर्थनसहित उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक नेपाली कांग्रेसका सांसद बिरेन्द्र सिंह रहेका छन् भने समर्थक माओवादी केन्द्रका सांसद फकिरा महतो रहेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दुई पटक प्रत्यक्ष निर्वाचित यादव संसदीय अभ्यास, सदन सञ्चालन र दलगत समन्वयमा अनुभवी नेताका रूपमा चिनिन्छन्। बहुदलीय समर्थनले उनलाई सभामुख पदमा बलियो दाबेदार बनाएको छ ।

प्रदेश सभा सचिव वासुप्रसाद कोइरालाका अनुसार हालसम्म सभामुख पदका लागि एउटामात्र उम्मेदवारी दर्ता भएको छ। उम्मेदवारी दर्ताको समय आज दिउँसो ३ बजेसम्म तोकिएको छ ।

यसअघि तत्कालीन सभामुख रामचन्द्र मण्डलविरुद्ध पदअनुकूल आचरण नगरेको प्रस्ताव प्रदेश सभाबाट दुईतिहाइ बहुमतले पारित भएपछि सभामुख पद रिक्त भएको थियो। उक्त रिक्तता पूर्ति गर्न अहिले नयाँ सभामुख चयन प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार