https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, पुस ५ गते ।
अहमदिया संघ नेपालले शनिबार पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका–५, प्रसौनीभाठास्थित मसरुर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।

बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको शिविरमा आँखाको विशेष जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । साथै मोतियाबिन्दु देखिएका बिरामीका लागि निःशुल्क शल्यक्रियाको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ ।

अहमदिया संघ नेपालको आयोजनामा तथा नेपाल नेत्र ज्योति संघअन्तर्गत केडिया आँखा अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरिएको हो । अहमदिया संघ नेपाल एक मुस्लिम धार्मिक तथा सामाजिक संस्था हो ।



“सबैलाई प्रेम गरौँ, कसैलाई घृणा नगरौँ” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अहमदिया संघ नेपालले आम नेपाली जनताको सेवा, सामाजिक–सांस्कृतिक सद्भाव, शैक्षिक तथा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्दै सभ्य र समृद्ध समाज निर्माण गर्ने लक्ष्य लिएको आयोजक सदस्य तथा बारा–पर्सा इन्चार्ज हासिम अहमदले बताए ।

उनका अनुसार संघले स्थापना कालदेखि नै वृद्ध, बालबालिका, भूकम्प तथा बाढीपीडित, साथै कोरोना महामारीजस्ता कठिन परिस्थितिमा निरन्तर मानवसेवामूलक सहयोग गर्दै आएको छ ।

अहमदिया संघ नेपालका राष्ट्रिय अध्यक्ष कमरुल होदा अंसारीको सभापतित्व तथा बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको थियो । शिविरबाट करिब ४७६ जना स्थानीयवासी लाभान्वित भएका छन् ।



जाँच गरिएकामध्ये १८० जनामा मोतियाबिन्दु देखिएको र उनीहरूको भोलिदेखि निःशुल्क शल्यक्रिया गरिने जानकारी दिइएको छ ।

शिविरमा केडिया आँखा अस्पतालका प्राविधिक डा. रासदेव साह, डा. शिवशंकर, फिजिसियन डा. अनिल कुमार साह लगायतको टोली सहभागी रहेको थियो । त्यसैगरी अहमदिया संघ नेपालका कोषाध्यक्ष इसराइल अहमद, सदस्य रहमतुल्लाह अहमद, शेख इस्माइल, अलिक अहमद, सजाउ हुसेन, हेल्थ असिस्टेन्ट अलताफ हुसेनलगायतको सक्रिय सहभागिता रहेको थियो ।

आर्थिक तथा शारीरिक रूपमा कमजोर वृद्धवृद्धाले घरदैलोमै उपचार सेवा पाउँदा अत्यन्त खुशी लागेको प्रतिक्रिया दिँदै आयोजकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार