https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

आर. डी. श्रेष्ठ,
काठमाडौं, पौष ५ गते ।
सहकारी क्षेत्रमा विगत तीन दशकभन्दा बढी समयदेखि निरन्तर सेवा प्रदान गर्दै आएको नेपाल सहकारी संस्था लिमिटेडको ३०औं वार्षिक साधारण सभा काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ ।


शनिबार काठमाडौंको जमलस्थित होटेल येल्लो पैगोडामा आयोजित साधारण सभाको उद्घाटन संचालक समितिका जेष्ठ सदस्य बाबुकाजी श्रेष्ठ तथा संस्थाका अध्यक्ष राकेश कुमार सिंहले संयुक्त रूपमा गर्नुभएको थियो । उद्घाटन सत्रमा सहकारीको दीर्घकालीन यात्रा, संस्थागत सुशासन, सेवा सन्तुष्टि र सदस्यहरूसँगको विश्वासलाई निरन्तर मजबुत बनाउँदै आएको विषयमा चर्चा गरिएको थियो ।


कार्यक्रममा वरिष्ठ कानुनी सल्लाहकार रवि शर्मा अर्याल र वरिष्ठ आर्थिक सल्लाहकार अमर किशोर सिंहको विशेष उपस्थिति रहेको थियो। साथै संचालक समितिका उपाध्यक्ष ई. विजय कुमार सिंह, सचिव संजीव सिंह, कोषाध्यक्ष निशा केसी राई तथा सदस्यहरू सुनिल कुमार सिंह, रुबि सिंह, नारायण श्रेष्ठ र अरुण कुमार साह सहभागी थिए ।


त्यसैगरी लेखा समितिका संयोजक जय कुमार सिंह, सदस्यद्वय अमन सिङ्हानिया र सरस्वती नापितको पनि उपस्थिति रहेको थियो। सभामा संस्थाको आर्थिक अवस्था, प्रगति विवरण तथा आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो ।


कार्यक्रममा संस्थाका महाप्रबन्धक शोभा श्रेष्ठ, नायव महाप्रबन्धक मिठुलाल चौधरी, वरिष्ठ अधिकृत अनुपमा राना, शाखा प्रबन्धक पुष्पा केसी रायमाझी लगायत शेयरधनी सदस्यहरू तथा संस्थामा कार्यरत कर्मचारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


साधारण सभाको औपचारिक कार्यक्रम संस्थाका सचिव संजीव सिंहले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार