https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

आयुष्मा काफ्ले
गण्डकी प्रदेशकै सम्भवतः ठूलो तथा धेरै शेयर सदस्य रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३३ औँ वार्षिक साधारणसभा घुम्ती ढंगले सञ्चालन भइरहेको छ । वालिङमा मुख्य कार्यालय रहेको सहकारीले ४ वटा सेवा केन्द्र र एउटा सदस्य सम्पर्क कार्यालय मार्फत सेवा दिँदै आएको छ। मुख्य कार्यालयमा इकाइ प्रतिनिधिहरूको सहभागितामा झण्डै एक हप्तासम्म विभिन्न सेवा केन्द्र समेट्दै सप्ताहव्यापी घुम्ती साधारणसभा आयोजना गरिएको हो ।


२०५० सालमा स्थापना भएको उपकार साकोसमा हाल झण्डै ८ हजार ५ सय शेयर सदस्य आवद्ध छन् । सहकारीको कुल कारोबार करिब १ अर्ब रुपैयाँ पुगेको अध्यक्ष यामकान्त खनालले जानकारी दिनुभयो । सहकारीको कार्यक्षेत्र स्याङ्जा जिल्लाअन्तर्गत वालिङ नगरपालिका, चापाकोट नगरपालिका, भीरकोट नगरपालिका, गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र हरिनास गाउँपालिकासम्म फैलिएको छ ।


आर्थिक विवरणअनुसार सहकारीले चालु आर्थिक वर्षमा कुल मुनाफा १ करोड २२ लाख २७ हजार ९६ रुपैयाँ आर्जन गरेको छ । एनएफआरएस (NFRS) लेखा परीक्षणपछि बाँडफाँट योग्य नाफा ८ लाख ३० हजार रुपैयाँ रहेको जनाइएको छ। स्याङ्जा जिल्लामा एनएफआरएस लेखा परीक्षण गर्ने सहकारीहरूमा उपकार साकोस र सूर्योदय सहकारी मात्र रहेको बताइएको छ ।


साधारणसभामा अध्यक्ष यामकान्त खनाल, उपाध्यक्ष यज्ञ अधिकारी, कोषाध्यक्ष दुर्गा न्यौपाने, प्रशिक्षण विभाग प्रमुख तथा पूर्व अध्यक्ष भरत बगालेसहितको सहकारी टिम विभिन्न सेवा केन्द्रमा खटिएर साधारणसभा सम्पन्न गरिरहेका छन् ।


आइतबार आज प्रत्येक सेवा केन्द्रबाट १ सय सदस्य बराबर १ प्रतिनिधिको उपस्थितिमा झण्डै ८० जना शेयर सदस्य प्रतिनिधि, सञ्चालक समिति र कर्मचारीसहित वालिङस्थित मुख्य कार्यालयमा केन्द्रित साधारणसभा आयोजना हुँदैछ ।


साधारणसभामा सहकारी क्षेत्रमा देखिएको चुनौतीपूर्ण अवस्थाबाट जोगिन सबैको हातेमालो आवश्यक रहेकोमा जोड दिँदै नागरिकको बचत सुरक्षित राख्न सहकारीको भूमिकालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार