https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

पवन प्रसाद साह
बिरगंज, पुस ६ गते ।
Success Institute Birgunj, परसले शिक्षक लाइसेन्स परीक्षा उत्तीर्ण गरेका ७५ जना विद्यार्थीलाई सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ ।

वीरगंजमा आयोजित कार्यक्रममा शिक्षक लाइसेन्स पास गरेका विद्यार्थीहरूलाई दोसल्ला ओढाई, नोटबुक र पेन प्रदान गर्दै सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका सञ्चालक बृजेश कुमार पटेलले विद्यार्थीहरूलाई बधाई दिँदै शिक्षक लाइसेन्स केवल प्रमाणपत्र मात्र नभई गुणस्तरीय शिक्षणको आधार भएको बताए ।

उनले भने, “मेहनत, अनुशासन र लगनशीलताबाट तपाईंहरूले यो सफलता प्राप्त गर्नुभएको हो। आगामी दिनमा इमानदार, जिम्मेवार र दक्ष शिक्षक बनेर समाज र राष्ट्र निर्माणमा योगदान दिनुहोस् ।”

सम्मानित विद्यार्थीहरूमा बिनोद साह तेली, सन्तोष कुमार यादव, राधेश्याम साह तेली, लालबाबु चौरसिया, शिव कुमार महतो, विजय पण्डित कोहार, खुस्बु चौधरी, गायत्री कुमारी गुप्ता, डिसेम्बर सहनी, विकास कुमार सहनी, अरुण चौहान, धनिलाल मुखिया, संगीत पण्डित, सन्दीप कुमार साह कानु, नितेशराज यादव, चन्दन प्रसाद यादव, शिदाची साह, करण यादव, प्रियंका पटेल, सोनम यादव, रोहित गिरीलगायत ७५ जना रहेका छन् ।

कार्यक्रममा उपस्थित संस्थाका शिक्षकहरूले विद्यार्थीहरूको सफलता निरन्तर अभ्यास, अनुशासन र गुणस्तरीय प्रशिक्षणको प्रतिफल भएको बताए ।

सम्मानित विद्यार्थीहरूले पनि Success Institute को मार्गदर्शन र सहयोगकै कारण आफूहरू सफल हुन सकेको भन्दै आभार व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा सञ्चालक पटेलले आगामी दिनमा शिक्षक लाइसेन्स तयारी कक्षालाई अझ प्रभावकारी बनाउँदै दक्ष, सक्षम र जिम्मेवार शिक्षक उत्पादनमा संस्था निरन्तर प्रतिबद्ध रहने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार