https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

अजय कुमार मिश्रा
कपिलवस्तु, पुस ६ गते ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका–२ मा अवस्थित कपिलवस्तु प्राविधिक प्रतिष्ठानमा एचए र सिएमएलटी विषय अध्ययनरत दोस्रो वर्षका विद्यार्थीहरूका लागि क्लिनिकल प्राक्टिस अभिमुखीकरण तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रतिष्ठानका कार्यकारी निर्देशक तथा निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय अध्यक्ष अरुण कुमार पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको हो। अध्यक्ष पाण्डेयले प्राविधिक शिक्षा दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रमा कार्यरत जनशक्ति जिम्मेवार, अनुशासित र मानवताप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यार्थीहरूलाई इमान्दारी, सेवाभाव र पेशागत मर्यादालाई जीवनको मूल आधार बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रशासकीय अधिकृत तथा प्रशासकीय प्रमुख पुनीत कुमार मिश्रले क्लिनिकल अभ्यास स्वास्थ्य शिक्षाको आधार स्तम्भ भएको बताउँदै व्यवहारिक ज्ञान र पेशागत आचरणले नै विद्यार्थीलाई सफल स्वास्थ्यकर्मी बनाउने धारणा राख्नुभयो ।

त्यस्तै प्रशिक्षक विरेन्द्र गुप्ताले अध्ययनसँगै जिम्मेवारीबोध, अनुशासन र निरन्तर अभ्यास अपरिहार्य रहेको उल्लेख गर्नुभयो। कार्यक्रमको सञ्चालन नन्दराम पौडेलले गर्नुभएको थियो भने सपथ ग्रहण प्रशिक्षक डा. शुभेच्छा शर्माले गराउनुभएको थियो ।

सपथ ग्रहण कार्यक्रममा सहभागी विद्यार्थीहरूले मानवताको सेवामा जीवन समर्पण गर्ने, गुरुजनप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने, विवेक, इमान्दारी र पेशागत मर्यादाका साथ चिकित्सा अभ्यास गर्ने तथा बिरामीको विश्वासको सदैव रक्षा गर्ने प्रतिबद्धता जनाएका थिए। साथै जात, धर्म, राजनीति वा सामाजिक हैसियतले आफ्नो कर्तव्यमा कुनै असर नपार्ने र कुनै पनि दबाबमा परेर मानवताविरुद्ध आफ्नो ज्ञान प्रयोग नगर्ने प्रतिज्ञा समेत गरिएको थियो ।

२०५४ सालमा स्थापना भएको कपिलवस्तु प्राविधिक प्रतिष्ठानले हाल एचए, सिएमएलटी, फार्मेसी, अमिन र फिजियोथेरापी विषयमा अध्ययन–अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार