https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालयमा सेवाग्राहीलाई हैरानी दिने बिचौलियामाथि प्रहरीले कारबाही थालेको छ। सोही क्रममा लेखापढी व्यवसाय गर्दै आएका २९ जनालाई नियन्त्रणमा लिइएको छ ।


जिल्ला प्रहरी कार्यालयका अनुसार मालपोत कार्यालयबाट ९ जना र जिल्ला प्रशासन कार्यालयबाट २० जना पक्राउ परेका हुन्। उनीहरू दुवै कार्यालय परिसरमा लेखापढीका नाममा बिचौलियाको भूमिका खेल्दै आएको आरोप लागेको छ ।


सेवाग्राहीबाट बारम्बार गुनासो आएपछि निगरानी बढाइएको र सोही आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रशासनिक कार्यालयहरूमा अनावश्यक पहुँच जमाएर काम छिटो गरिदिने बहानामा रकम असुल्ने प्रवृत्तिका कारण सेवाग्राही पीडित हुँदै आएका थिए । पछिल्लो कारबाहीलाई प्रशासनिक सेवा पारदर्शी र सहज बनाउने दिशातर्फको कदमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार