पहिलो दिन ८ सयभन्दा बढी नागरिकले लिए सेवा
राजेश सिंह
गाैशाला, पुस ८ गते ।
सरकारी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यका साथ मटिहानी नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सुरु गरेको छ। नगरपालिकाले पुस ८ गतेदेखि वडा–वडामा पुगेर सेवा दिने व्यवस्था मिलाएको हो ।
वडा नं. १ सिरसियाबाट सुरु भएको शिविरको नगर प्रमुख हरि प्रसाद मण्डलले औपचारिक उद्घाटन गर्नुभयो। उहाँले स्थानीय तहबाट प्रवाह हुने सबै सेवा एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित शिविर सञ्चालन गरिएको बताउनुभयो । “सेवाग्राहीलाई सजिलो होस् भन्ने हाम्रो प्राथमिकता हो,” उहाँले भन्नुभयो ।

शिविरमार्फत नागरिकता, व्यक्तिगत घटना दर्ता, व्यवसाय दर्ता तथा नवीकरण, ज्येष्ठ नागरिक र अपाङ्गता परिचयपत्र, निःशुल्क स्वास्थ्य परीक्षण, औषधि वितरण, स्वास्थ्य बीमा, कृषि र पशुपन्छीसम्बन्धी परामर्श, माटो परीक्षण, राजस्व संकलनलगायत सेवा उपलब्ध गराइँदैछ ।
पहिलो दिन श्री राष्ट्रिय माध्यमिक विद्यालय, सिरसियामा सञ्चालन गरिएको शिविरबाट ८३१ जना स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित भएका छन्। सबैभन्दा बढी सेवा पशु तथा कृषि शाखाबाट लिइएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार उक्त शिविर क्रमशः मटिहानीका सबै ९ वटै वडामा सञ्चालन हुनेछ। स्थानीय नागरिकहरूले एउटै स्थानमा धेरै सेवा पाउँदा समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिएका छन् ।
उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख मञ्जु देवी साह, सम्बन्धित वडाध्यक्षहरू, शाखा प्रमुखहरू, जनप्रतिनिधि तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।