https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

सर्लाही, पुस ८ गते ।
सर्लाही जिल्लाको चुरे क्षेत्रमा फैलिँदै गएको अवैध गाँजा खेतीविरुद्ध प्रहरीले ठोस कारबाही गरेको छ। इलाका प्रहरी कार्यालय केशरगञ्जबाट खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका–१२ अन्तर्गतका विभिन्न स्थानमा लगाइएको गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।



प्रहरीका अनुसार मंगलबार ४८ जनाको संयुक्त प्रहरी टोलीले पिपल दमार, छड्के दमार लगायत आसपासका चुरे क्षेत्रका स्थानहरूमा छापा मारेको थियो । सो क्रममा करिब ३ बिघा क्षेत्रफलमा अवैध रूपमा लगाइएको १६ हजार ५ सय गाँजाका बोट फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषधको अवैध खेती, ओसारपसार तथा दुरुपयोग नियन्त्रण गर्न नियमित अनुगमन र कारबाही जारी रहेको प्रहरीले जनाएको छ । साथै, यस्ता गैरकानुनी गतिविधिमा संलग्न हुनेहरूलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार