https://klikhariini.com/ https://dunia-berita.com/ https://redaksi-nasional.com/ https://regionalindonesia.com/ https://klikutama.com/ https://kabinetindonesia.com/ https://pikiranindonesia.com/ https://suarakuonline.com/ https://lintaswarga.com/ https://analisaindonesia.com/https://test.bak.regjeringen.no/https://testiotwebapiemea.eaton.com/

चितवन, पुस ७ गते ।
लक्ष्मी माध्यमिक विद्यालय, जगतपुरले आफ्नो ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा खुला रक्तदान कार्यक्रम आयोजना गरेको छ। विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा १०१ जना रक्तदाताले रक्तदान गरेका छन् ।

“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जगतपुर उपशाखाको समन्वय तथा प्रादेशिक रक्त सञ्चार केन्द्र भरतपुर, चितवनको प्राविधिक सहयोग रहेको थियो ।

नेपाल युवा रेडक्रस सर्कल लक्ष्मी माध्यमिक विद्यालय, जगतपुरको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. २३ का वडा अध्यक्ष दीपक दवाडी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

रक्तदान कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, स्थानीय बासिन्दा तथा युवा स्वयंसेवकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रक्तदानमा सहभागी सबै रक्तदातालाई आयोजक संस्थाको तर्फबाट कदर–पत्र प्रदान गरी सम्मान गरिएको थियो ।

आयोजक पक्षले यस्ता मानवीय तथा सामाजिक सेवाका कार्यक्रमले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्दै भविष्यमा पनि निरन्तर रक्तदान कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार